सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आङ खस्ने समस्या भएका १४ जनाको निःशुल्क शल्यक्रिया


  •    न्युजभित्तो/५ बैशाख २०८२, शुक्रबार १७:११ 
  • किमाथाङ्का (सङ्खुवासभा), ५ वैशाख । जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएकाको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । यसबाट आर्थिक अभाव र विभिन्न समस्याका कारण लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिला लाभान्वित हुन थालेका छन् ।

    यहाँका १४ जनाका निःशुल्क शल्यक्रिया गरिएको अस्पताल प्रमुख सन्तोष देवले जानकारी दिनुभयो । आङ खस्ने समस्या रहेका तर आर्थिक समस्याका अन्यत्र गएर उपचार गर्न नसकेकाहरू यसबाट लाभान्वित भएका उहाँले बताउनुभयो । “हामीले उपचार मात्रै होइन, उपचारपश्चात् रु एक हजार ५०० खर्चसमेत उपलब्ध गराउँछौँ । खानबस्नको व्यवस्था मिलाइएको छ । यसबाट गत वर्ष छ जना र यस वर्ष १४ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ”, अस्पताल प्रमुख देवले बताउनुभयो ।

    यसका लागि पहिले गाउँपालिकास्तरमा स्वास्थ्य शिविर आयोजना गर्ने गरिएको छ । यसै क्रममा यहाँको खाँदबारी नगरपालिकाको शिविरबाट पाँच, सिलिचोङ गाउँपालिकाका पाँच, मादी, पाँचखपन नगरपालिका तथा मकालु र सभापोखरी गाउँपालिकाका एक÷एक जना लाभान्वित भएका छन् । शिविरमा २५ जनाको आङ खस्ने समस्या पहिचान भएको र बाँकीको चाँडै शल्यक्रिया गरिने अस्पतालले जनाएको छ ।

    अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायत सेवा सञ्चालनमा छन् । यहाँ जिल्लाका १० स्थानीय तहमात्रै नभई छिमेकी जिल्ला भोजपुरका नागरिकले पनि सेवा लिने गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.