सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुमनुब्रीमा १४ सयको निःशुल्क आँखा जाँच


  •    न्युजभित्तो/४ बैशाख २०८२, बिहीबार १६:५६ 
  • गोरखा, ४ वैशाख । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा मोतियाविन्दु भएका ६५ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिका, तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्र, सेराङ गुम्बा र देलेक फाउण्डेशनको संयुक्त आयोजनामा वडा नं ५ स्थित बिही स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएको हो ।

    दुई दिनसम्म सञ्चालित शिविरमा पालिकाभित्रका एक हजार चार सय जनाले आँखाको जाँच गराएका गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । “शिविरमा १४ सय जना स्थानीयले आँखाको निःशुल्क जाँच गराएका छन् । साथै आँखा जाँच गराउँदा मोतियाविन्दु भएकाको तत्कालै शल्यक्रिया गरिएको हो”, उहाँले भन्नुभयो ।

    अध्यक्ष लामाका अनुसार वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतको नेतृत्वमा १२ जना चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले मोतियाविन्दु भएका बिरामीको आँखाको शल्यक्रिया र उपचारसेवा प्रदान गरेका हुन् । शिविरमा आँखाको जाँच तथा उपचारका लागि आएका सबैलाई आवश्यकताका आधारमा औषधि एवं चस्मासमेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.