सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग


  •    /१६ बैशाख २०७६, सोमबार १४:३७ 
  • चितवन :
    भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये झण्डै आधा बीमाका भएपछि सजह सुविधा दिने उद्देश्यले नयाँ विभाग शुरु गरिएको हो ।
    उहाँका अनुसार बीमाका दैनिक ६ सय बिरामी अस्पताल आउने गरेका छन् । बीमा नभएका बिरामीको सङ्ख्या सातको हाराहारी हुने गरेको उहाँले बताउनुभयो । सो बहिरङ्ग सेवामा चारजना चिकित्सक रहने व्यवस्था गरिएको छ । बीमा गरेकाले अन्य विभागबाट पनि सेवा लिनसक्ने व्यवस्था गरिएको पौडेलले बताउनुभयो । हरेक दिन बिहान ९ बजेदेखि ३ बजेसम्म सेवा दिनसक्ने गरी बहिरङ्ग सेवा खोलिएको हो ।
    अन्य बिरामीका लागि बिहान १० बजे बाट दिउँसो ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन गरिएको छ । अस्पतालमा सबैका लागि बिहान ९ बजे टिकट खुल्ला हुने गर्दछ । टिकट काटेलगत्तै बीमाका बिरामीले स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन् ।
    वैशाख महीना शुरु भएसँगै नयाँ विभाग सञ्चालनमा ल्याइएको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार सरकारले हाल बीमाका बिरामीलाई प्रथम सेवा विन्दुको रूपमा प्राथमिक स्वास्थ्य केन्द्र र सरकारी अस्पताल तोकेकाले सरकारी अस्पतालमा बिमारीको भीड लाग्ने गरेपछि बहिरङ्ग सेवा थप गरेको बताउनुभयो । बीमा भएका र नभएका बिरामीलाई अन्य सबै सेवामा सँगै उपचार गरिएको पौडेलले बताउनुभयो ।
    निःशुल्क स्वास्थ्य बीमाअन्तर्गत देशका ४२ जिल्लामध्ये चितवनमा सबैभन्दा बढी सङ्ख्यामा बीमा गरेको कार्यालयले जनाएको छ । स्वास्थ्य बीमा बोर्ड चितवनका अनुसार जिल्लामा दुई लाख भन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.