सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

८ महिना पनि टिकेन अरुणिमाको दोस्रो बिहे, अमेरिकाबाट आएर हालिन् डिभोर्स मुद्दा


  •    न्युजभित्तो/२ बैशाख २०८२, मंगलवार १४:५९ 
  • काठमाडौं, २ वैशाख । अभिनेत्री अरुणिमा लम्सालले पति युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।

    केही युट्युब अन्तर्वार्तामा बोल्दै उनले डिभोर्सको मुद्दा दायर गरेको बताइन् । विवाहअघि युवराजले गरेका अधिकांश वाचा झूठा भएको उनको आरोप छ । आफूले गलत व्यक्ति चयन गरेको पनि उनको भनाई छ ।

    ‘विवाहअघि जे सुनिएको थियो, त्यो सबै राम्रो थियो । तर पछि सबै गलत मात्रै सुनियो । यस्तो झूटो मान्छेसँग जीवन बिताउनु भन्दा सिंगल नै बस्छु भनेर यो निर्णय लिएँ’ उनले भनिन् ।

    उनले ५ महिनादेखि युवराजसँग कुराकानी नभएको पनि बताइन् । युवराजले आफूसँग विवाह गर्नुको उद्देश्य अमेरिका जानुमात्र रहेको आरोप उनको छ ।

    २०८१ सालको भदौ ३ गते काठमाडौंको राम मन्दिरमा उनीहरूले धार्मिक विधिअनुसार विवाह गरेका थिए । त्यसअघि सुनसरी जिल्ला अदालतमा कानूनी विवाह गरेका थिए । अमेरिकामा स्थायी बसोबास गर्दै आएकी लम्साल दुई हप्ता अघि नेपाल फर्किएकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.