सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाल्पाका पर्यटकीयस्थलमा घुइँचो


  •    न्युजभित्तो/२ बैशाख २०८२, मंगलवार ११:४० 
  • तानसेन (पाल्पा), २ वैशाख । नयाँ वर्षको पहिलो दिन सोमबार पाल्पाका पर्यटकीय तथा धार्मिकस्थलमा घुम्न आउनेको घुइँचो लागेको छ । तानसेनको श्रीनगरडाँडा, रानीमहल, रुरु क्षेत्र, तेल्घा, रिब्दीकोटको भैरवस्थान, रम्भाको रिमिघा लेक, कौडे लेक, तिनाउको जन्तीलुङ्ग, मरामकोट रम्भादेवी, वंशगोपाल पार्क, तालपोखरा, कौडेलेक, रिडी, राम्दीलगायत चर्चित पर्यटकीय तथा धार्मिकस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको हो ।

    विभिन्न क्षेत्रबाट रमाइलोसँगै पर्यटकीयस्थलको अवलोकन गर्न, घुम्न र यहाँका नदीमा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको स्थानीय बताउँछन् ।

    “पहिले पाल्पाको श्रीनगर आउने इच्छा थियो, त्यो इच्छा बल्ल पूरा भएको छ”, श्रीनगरमा भेटिनुभएका भैरहवाका दीपेन्द्र सुनारले भन्नुभयो । विगतमा कार्यव्यस्तताले घुम्न नपाइएकामा यस वर्ष भने एक हप्तासातादेखि समय मिलाएर परिवारसहित यहाँ आएको उहाँको भनाइ छ । “नयाँ वर्ष छोराछोरीलाई रमाइलोसँगै हौसला बढाउनका लागि घुम्न आएका हौँ”, सुनारले भन्नुभयो ।

    एसियाको ठूलो त्रिशूल रहेको भैरवस्थान मन्दिरमा परिवारसहित घुम्न पुग्नुभएका बुटवलका प्रेम रिजालले परिवारको खुसी र मनोरञ्जन प्रदान गर्न नयाँ वर्षमा समय मिलाएर यहाँ घुम्न आएको बताउनुभयो । “अरु समय कार्यालयको काममा व्यस्त भइन्छ, फुर्सद नै मिल्दैन”, उहाँले भन्नुभयो, “वर्षको एकपटक नयाँ पर्व पनि भएकाले परिवारलाई समय दिएर खुसी साट्न यहाँ आएका हौँ ।”

    नेपालको ताजमहल र प्रेमको प्रतीकका रूपमा चिनिएको रानीमहल क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । साथीहरूसँग यहाँ पुग्नुभएका बगनासकालीका सुशील बस्यालले नयाँ वर्षका अवसरमा घुम्न आएको बताउँदै रानीमहलबाट आफ्ना साथीहरूलाई सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई यहाँ आउन आग्रह गर्नुभयो ।

    “अघिल्लो वर्षमा भन्दा यस वर्ष आगन्तुकको घुइँचो बढी भएको पाएको छु”, उहाँले भन्नुभयो, “घुम्ने संस्कृतिको विकास भएको हो कि भन्ने लागेको छ ।” नयाँ वर्षको पहिलो दिन सोमबार बिहानैदेखि रानीमहलमा मानिसको चहलपहल बढेको उहाँले बताउनुभयो ।

    नयाँ वर्ष मनाउन बढी मात्रामा आन्तरिक पर्यटक यहाँ आएका बस्यालले बताउनुभयो । परिवार, समूह, नवजोडी यहाँका पर्यटकीयस्थल पुग्ने गरेका उहाँको भनाइ छ ।

    नयाँ वर्ष मनाउन विभिन्न कार्यक्रम गर्ने, वनभोज खाने र घुम्न आउनेहरूका कारण यहाँका पर्यटकीयस्थको रौनक बेग्लै बनेको स्थानीय बताउँछन् । रुरु क्षेत्रस्थित रिडीमा नुहाउने र ऋषिकेशव दर्शन गर्नेको घुइँचो लागेको छ । जिल्लाको कालीगण्डकी नदीअन्तर्गत राम्दी, रामपुर भुजातको सिद्धबाबा, सीता कुण्ड, तालपोखरालगायत स्थानमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.