पपुलर युनिसेक्स सैलुनमा एसइई दिएकालाई तालिम र सेवामा पचास प्रतिशत छुट
न्युजभित्तो/१ बैशाख २०८२, सोमबार १३:०५
भरतपुर, १ वैशाखः भरतपुरको सिजी ल्याण्डमार्कस्थित पपुलर युनिसेक्स सैलुनले भर्खरै मात्रै एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि तालिम र सेवामा ५० प्रतिशत छुट दिने घोषण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम ल्याईएको हो ।
सञ्चालक सुलभ सिग्देलका अनुसार कक्षा ११ को भर्ना समयसम्म यो सुविधा उपलब्ध हुनेछ । उहाँले भन्नुभयो “विद्यार्थी सानै उमेरदेखि सीप प्रदान गरेर आत्मनिर्भर बनाउने यो उपयोगी हुनेछ ।” गाउँगाउँबाट शहरमा आई पढ्ने विद्यार्थीले पढ्दै काम गर्दै गर्न यो उपयोगी हुने उहाँको भनाई छ । सिग्देलले भन्नुभयो “काम गर्दै पढ्दै अभियान अन्तर्गत हामीले यो छुट योजना शुरु गरेका हौं ।” तत्काल काम नगर्नेहरुका लागि पनि फुर्सदको समयमा सीप सिक्दा राम्रो हुने उहाँको भनाई छ ।
सैलुनले तालिम र आफूले दिने सबै सेवामा ५० प्रतिशत छुट दिने जनाएको छ । सल्लाहकार दीपेन्द्र अधिकारीले सैलुनले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो । आफ्नो हरेक वार्षिकोत्सवमा ३० जना युवालाई निःशुल्क तालिम समेत दिंदै आएको छ । समय समयमा विभिन्न विद्यालयहरुमा पुगेर निःशुल्क कपाल काट्ने काम पनि गरिंदै आएको सल्लाहकार अधिकारीले बताउनुभयो ।
सैलुनबाट सशुल्क र निःशुल्क गरी ६ हजार हाराहारीले तालिम लिइसकेका छन् । तीमध्ये धेरैले आफ्नै व्यवसाय पनि सुरु गरेका छन् । केहीले विदेश गएर मनग्य आम्दानी पनि गरेका छन् । विदेशमा श्रम बेचेर स्वदेश फर्किएका सिग्देलले वि.सं. २०७० साउन ६ गते पपुलर युनिसेक्स सैलुन स्थापना गरी सञ्चालनमा ल्याउनु भएको थियो । जिल्लामा कपालसँग सम्बन्धित विशिष्टिकृत काम गर्नु पर्दा यही सैलुनलाई रोज्ने गरिन्छ । अन्यत्र नहुने सेवा समेत दिने भएकाले सेवाग्राहीको रोजाईमा पर्ने गर्दछ ।
राजधानी काठमाण्डौंसँगै चितवन र छिमेकी जिल्लाबाट सेवा लिनका लागि यहाँ आउने गर्दछन् ।