सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पपुलर युनिसेक्स सैलुनमा एसइई दिएकालाई तालिम र सेवामा पचास प्रतिशत छुट


  •    न्युजभित्तो/१ बैशाख २०८२, सोमबार १३:०५ 
  • भरतपुर, १ वैशाखः भरतपुरको सिजी ल्याण्डमार्कस्थित पपुलर युनिसेक्स सैलुनले भर्खरै मात्रै एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि तालिम र सेवामा ५० प्रतिशत छुट दिने घोषण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम ल्याईएको हो ।

    सञ्चालक सुलभ सिग्देलका अनुसार कक्षा ११ को भर्ना समयसम्म यो सुविधा उपलब्ध हुनेछ । उहाँले भन्नुभयो “विद्यार्थी सानै उमेरदेखि सीप प्रदान गरेर आत्मनिर्भर बनाउने यो उपयोगी हुनेछ ।” गाउँगाउँबाट शहरमा आई पढ्ने विद्यार्थीले पढ्दै काम गर्दै गर्न यो उपयोगी हुने उहाँको भनाई छ । सिग्देलले भन्नुभयो “काम गर्दै पढ्दै अभियान अन्तर्गत हामीले यो छुट योजना शुरु गरेका हौं ।” तत्काल काम नगर्नेहरुका लागि पनि फुर्सदको समयमा सीप सिक्दा राम्रो हुने उहाँको भनाई छ ।

    सैलुनले तालिम र आफूले दिने सबै सेवामा ५० प्रतिशत छुट दिने जनाएको छ । सल्लाहकार दीपेन्द्र अधिकारीले सैलुनले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो । आफ्नो हरेक वार्षिकोत्सवमा ३० जना युवालाई निःशुल्क तालिम समेत दिंदै आएको छ । समय समयमा विभिन्न विद्यालयहरुमा पुगेर निःशुल्क कपाल काट्ने काम पनि गरिंदै आएको सल्लाहकार अधिकारीले बताउनुभयो ।

    सैलुनबाट सशुल्क र निःशुल्क गरी ६ हजार हाराहारीले तालिम लिइसकेका छन् । तीमध्ये धेरैले आफ्नै व्यवसाय पनि सुरु गरेका छन् । केहीले विदेश गएर मनग्य आम्दानी पनि गरेका छन् । विदेशमा श्रम बेचेर स्वदेश फर्किएका सिग्देलले वि.सं. २०७० साउन ६ गते पपुलर युनिसेक्स सैलुन स्थापना गरी सञ्चालनमा ल्याउनु भएको थियो । जिल्लामा कपालसँग सम्बन्धित विशिष्टिकृत काम गर्नु पर्दा यही सैलुनलाई रोज्ने गरिन्छ । अन्यत्र नहुने सेवा समेत दिने भएकाले सेवाग्राहीको रोजाईमा पर्ने गर्दछ ।

    राजधानी काठमाण्डौंसँगै चितवन र छिमेकी जिल्लाबाट सेवा लिनका लागि यहाँ आउने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.