सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ वर्ष मनाउन सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो


  •    न्युजभित्तो/३० चैत्र २०८१, आईतवार १२:५५ 
  • चितवन, ३१ चैत । नेपाली नयाँ वर्ष मनाउन जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटक आउन थालेका छन् । स्वदेशीसँगै विदेशी पर्यटक आउन थालेका हुन् । लामो समययता पर्यटकको सङ्ख्या न्यून रहँदै आएको सौराहा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

    आज साँझसम्ममा सबै होटल भरिने अपेक्षा व्यवसायीहरूको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार सौराहामा नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यद्यपि वीरगन्जको कफ्र्युलगायत आन्दोलनका कारण केही प्रभाव पर्यटन क्षेत्रमा देखिएको छ । यसका साथै सडकका कारण पनि प्रभाव देखिने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “विभिन्न कारणले प्रभाव पारे पनि नयाँ वर्षको साँझमा सौराहाका होटल भरिन्छन् ।” विगतका वर्षहरूमा नयाँ वर्षको अघिल्लो साँझ पर्यटकले कोठा नपाएर फर्किनुपर्ने अवस्था हुन्थ्यो । त्यस्तो अवस्था भने यस वर्ष नआउने उहाँको भनाइ छ । माघयता सौराहामा पर्यटकको आगमन कम हुँदै आएको थियो ।

    सङ्घका उपाध्यक्ष गुणराज थपलियाले केही होटल शुक्रबारदेखि नै भरिएको जनाउँदै अहिलेको बुकिङ राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो होटल केही दिनयता भरिएको छ, साथीहरूले पनि बुकिङ राम्रो हुँदै गएको बताएका छन् ।” यद्यपि विगतको तुलनामा पर्यटकको आगमन कम रहेको उहाँको भनाइ छ ।

    शुक्रबार र शनिबार परेकाले पनि पर्यटकको आगमन क्रमशः बढ्दै गएको उहाँ बताउनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे विद्यालयमा बिदा र शुक्रबार–शनिबार परेकाले पर्यटकको आगमन बढ्दो रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “साँझसम्म सौराहाका सबै होटल भरिन्छन् ।”

    सौराहामा रेष्टुरेन्ट एन्ड बार एसोसिएसनले आज साँझ सांकृतिक कार्यक्रम आयोजना गरेको जनाउँदै उहाँले नयाँ वर्षमा रमाउन आउने धेरै नेपाली रहेको बताउनुभयो । होटल सिद्धार्थ भिलासा वनवासका महाप्रबन्धक प्रकाश न्यौपानेले शुक्रबारदेखि मङ्गलबारसम्म होटलका ३४ कोठा पूरै भरिएको बताउनुभयो ।

    आएका पर्यटकमध्ये आधाभन्दा बढी विदेशी रहेको उहाँको भनाइ छ । पोल्याण्ड, चीन, भारतलगायत देशबाट पर्यटक धेरै आएका छन् । उहाँले भन्नुभयो, “नयाँ वर्षमा होटलमा कोठा छैन भन्दैमा फुर्सद छैन ।” अरु बेलामा पर्यटकको आगमन कम भए पनि यो बेला भरिभराउ हुने गरेको उहाँको भनाइ छ ।

    जङ्गल क्राउन होटल पनि केही दिनयता भरिएको छ । होटलका महाप्रबन्धक सन्तोष गिरीका अनुसार दुई महिनायता होटलमा पर्यटकको सङ्ख्या राम्रो छ । शनिबारबाट सबै कोठा भरिएका छन् । अब ‘सिजन’ भएकाले पर्यटकको सङ्ख्या बढ्दै जाने उहाँले बताउनुभयो ।

    रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका महासचिव नवीन नेपालले आज साँझ नयाँ वर्ष विशेष कार्यक्रम राखिएको बताउनुभयो । उहाँका अनुसार ख्यातिप्राप्त कलाकारको प्रस्तुति हुने भएकाले पर्यटकको सङ्ख्या उल्लेख हुने अपेक्षा गरिएको छ । नेपाली नयाँ वर्ष भएकाले नेपाली पर्यटकलाई लक्षित गरी कार्यक्रम गरिएको नेपालले बताउनुभयो । उहाँले भन्नुभयो “साँझ अबेरसम्म सौराहामा रमाएर फर्किने पर्यटक पनि हुन्छन् ।”

    नयाँ वर्ष प्रारम्भसँगै सौराहा आउने पर्यटक चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा हात्ती, जीप, पैदल, डुङ्गा सयर गर्ने गर्दछन् । जङ्गल सफारीका लागि सौराहा विश्वप्रसिद्ध पर्यटकीयस्थल हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको माधवपुरमा राष्ट्रिय भजन तथा शङ्ख वादन प्रतियोगिता हुने 
    रासस गण्डकी प्रदेश प्रमुख पौडेल सम्मानित
    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता
    • उत्साहित छन् नयाँ मतदाता
    • रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
    • मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’
    • साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.