सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ फुटवल क्लबका खेलाडीको बिदाई


  •    न्युजभित्तो/२५ चैत्र २०८१, मंगलवार १५:४४ 
  • चितवन, २६ चैत । गोरखामा हुने दशौँ ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीता जनाउनका लागि नारायणगढ फुटवल क्लबका खेलाडीहरुलाई बिदाई गरिएको छ । चितवन जिल्ला फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले आज सहभागी खेलाडीहरुलाई जर्सी सहितका खेल सामाग्री हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको हो ।

    सो अबसरमा उहाँले क्लबका खेलाडीहरुलाई अनुसाशीत पूर्वक खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो । यो उमेर समुहमा रहँदा मिहिनेतका साथ कुशलता पूर्बक खेल खेल्न सकेमा भविश्यमा राष्ट्र र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा बिजयी वन्न सकीने बताउनुभयो । यस अघिको बिजेता भएकाले कायम राख्ने गरी प्रतियोगितामा प्रदर्शन गर्न शुभकामना समेत उहाँले दिनुभयो ।
    खेलाडीहरुलाई सुमन श्रेष्ठ र शनि श्रेष्ठले नियमित प्रशिक्षण दिएर प्रतियोगितामा सहभागी गराउन लाग्नु भएको हो । प्रशिक्षक सुमन श्रेष्ठका अनुसार १६ जना खेलाडी प्रतियोगितामा सहभागी हुने छन् । प्रशिक्षक र व्यवस्थापन सहित क्लबबाट २६ जनाको टोली बुधबार गोरखा जाँदैं छ ।
    द ओसन क्लवको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा यही चैत्र २८ गतेबाट प्रतियोगिता सुरु हुदै छ ।
    ‘गोरखाको गौरव गोरखाको शान, युवा फुटबल विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिता बैशाख १ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाभित्रका तीन र जिल्ला बाहिरका ९ गरी कुल १२ टिमले सहभागिता जनाउने छन् ।
    जिल्लाभित्रको टिममा गोरखा नगरपालिका स्तरीय अन्तरविद्यालय लिग २०८१ को विजेता, उपविजेता र आयोजक द ओसन क्लवको टोली रहने छन् । प्रतियोगितामा जिल्लाबाट द ओल्ड क्यापिटल मावि, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार र आयोजक द ओसन क्लवले सहभागिता जनाउने छन् ।

    यस्तै, जिल्ला बाहिरबाट नारायणगढ फुटबल क्लब चितवन, थ्री स्टार क्लब ललितपुर, समाज कल्याण खेलकुद केन्द्र काठमाडौँ, जि एण्ड ए एकेडेमी काठमाडौँ, घोडाघोडि फुटबल क्लव कैलाली, कटारी टाईगर फुटबल क्लव उदयपुर, नवजन जागृती भेट्रान्स क्लब सिमरा, पटिहानि फुटबल क्लब चितवन, र मार्दिखोला युनाईटेड क्लव पर्वत सहभागी हुने छन् । गत वर्ष जीत हाँसिल गरेकाले यस वर्ष पनि प्रतियोगिता आफ्नो पक्षमा पार्ने गरी तयारी गरिएको प्रशिक्षकहरु सुमन र शनिले वताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.