चितवन, २६ चैत । गोरखामा हुने दशौँ ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीता जनाउनका लागि नारायणगढ फुटवल क्लबका खेलाडीहरुलाई बिदाई गरिएको छ । चितवन जिल्ला फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले आज सहभागी खेलाडीहरुलाई जर्सी सहितका खेल सामाग्री हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको हो ।
सो अबसरमा उहाँले क्लबका खेलाडीहरुलाई अनुसाशीत पूर्वक खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो । यो उमेर समुहमा रहँदा मिहिनेतका साथ कुशलता पूर्बक खेल खेल्न सकेमा भविश्यमा राष्ट्र र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा बिजयी वन्न सकीने बताउनुभयो । यस अघिको बिजेता भएकाले कायम राख्ने गरी प्रतियोगितामा प्रदर्शन गर्न शुभकामना समेत उहाँले दिनुभयो । खेलाडीहरुलाई सुमन श्रेष्ठ र शनि श्रेष्ठले नियमित प्रशिक्षण दिएर प्रतियोगितामा सहभागी गराउन लाग्नु भएको हो । प्रशिक्षक सुमन श्रेष्ठका अनुसार १६ जना खेलाडी प्रतियोगितामा सहभागी हुने छन् । प्रशिक्षक र व्यवस्थापन सहित क्लबबाट २६ जनाको टोली बुधबार गोरखा जाँदैं छ । द ओसन क्लवको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा यही चैत्र २८ गतेबाट प्रतियोगिता सुरु हुदै छ । ‘गोरखाको गौरव गोरखाको शान, युवा फुटबल विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिता बैशाख १ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाभित्रका तीन र जिल्ला बाहिरका ९ गरी कुल १२ टिमले सहभागिता जनाउने छन् । जिल्लाभित्रको टिममा गोरखा नगरपालिका स्तरीय अन्तरविद्यालय लिग २०८१ को विजेता, उपविजेता र आयोजक द ओसन क्लवको टोली रहने छन् । प्रतियोगितामा जिल्लाबाट द ओल्ड क्यापिटल मावि, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार र आयोजक द ओसन क्लवले सहभागिता जनाउने छन् ।
यस्तै, जिल्ला बाहिरबाट नारायणगढ फुटबल क्लब चितवन, थ्री स्टार क्लब ललितपुर, समाज कल्याण खेलकुद केन्द्र काठमाडौँ, जि एण्ड ए एकेडेमी काठमाडौँ, घोडाघोडि फुटबल क्लव कैलाली, कटारी टाईगर फुटबल क्लव उदयपुर, नवजन जागृती भेट्रान्स क्लब सिमरा, पटिहानि फुटबल क्लब चितवन, र मार्दिखोला युनाईटेड क्लव पर्वत सहभागी हुने छन् । गत वर्ष जीत हाँसिल गरेकाले यस वर्ष पनि प्रतियोगिता आफ्नो पक्षमा पार्ने गरी तयारी गरिएको प्रशिक्षकहरु सुमन र शनिले वताउनुभयो ।
चितवन, २६ चैत । गोरखामा हुने दशौँ ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीता जनाउनका लागि नारायणगढ फुटवल क्लबका खेलाडीहरुलाई बिदाई गरिएको छ । चितवन जिल्ला फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले आज सहभागी खेलाडीहरुलाई जर्सी सहितका खेल सामाग्री हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको हो ।
सो अबसरमा उहाँले क्लबका खेलाडीहरुलाई अनुसाशीत पूर्वक खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो । यो उमेर समुहमा रहँदा मिहिनेतका साथ कुशलता पूर्बक खेल खेल्न सकेमा भविश्यमा राष्ट्र र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा बिजयी वन्न सकीने बताउनुभयो । यस अघिको बिजेता भएकाले कायम राख्ने गरी प्रतियोगितामा प्रदर्शन गर्न शुभकामना समेत उहाँले दिनुभयो ।
खेलाडीहरुलाई सुमन श्रेष्ठ र शनि श्रेष्ठले नियमित प्रशिक्षण दिएर प्रतियोगितामा सहभागी गराउन लाग्नु भएको हो । प्रशिक्षक सुमन श्रेष्ठका अनुसार १६ जना खेलाडी प्रतियोगितामा सहभागी हुने छन् । प्रशिक्षक र व्यवस्थापन सहित क्लबबाट २६ जनाको टोली बुधबार गोरखा जाँदैं छ ।
द ओसन क्लवको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा यही चैत्र २८ गतेबाट प्रतियोगिता सुरु हुदै छ ।
‘गोरखाको गौरव गोरखाको शान, युवा फुटबल विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिता बैशाख १ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाभित्रका तीन र जिल्ला बाहिरका ९ गरी कुल १२ टिमले सहभागिता जनाउने छन् ।
जिल्लाभित्रको टिममा गोरखा नगरपालिका स्तरीय अन्तरविद्यालय लिग २०८१ को विजेता, उपविजेता र आयोजक द ओसन क्लवको टोली रहने छन् । प्रतियोगितामा जिल्लाबाट द ओल्ड क्यापिटल मावि, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार र आयोजक द ओसन क्लवले सहभागिता जनाउने छन् ।