सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यौन तथा प्रजनन स्वास्थ्य शिविर: महिलाको प्रजनन प्रणालीमा समस्या


  •    न्युजभित्तो/२५ चैत्र २०८१, मंगलवार १२:१५ 
  • बैतडी, २६ चैत । जिल्लास्थित ग्रामीण क्षेत्रका महिलामा प्रजनन प्रणालीमा सङ्क्रमण अर्थात पिआइडी समस्या देखिएको छ । पाटन नगरपालिकामा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सहभागी भएका अधिकांश महिलामा उक्त समस्या देखिएको हो ।

    पाटन नगरपालिकाका तीनवटा स्वास्थ्य संस्थामा सञ्चालन गरिएको शिविरमा उपचारमा आएकामध्ये ५० प्रतिशत महिलामा पिआइडी समस्या देखिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रेमसागर भट्टले बताउनुभयो ।

    तीनै ठाउँमा झन्डै ५०० महिलाले सेवा लिएका र तीमध्ये आधामा उक्त समस्या देखिएको हो । उहाँले भन्नुभयो, “शिविरमा आएर जाँच गर्दा महिलामा पिआइडीको समस्या देखियो र उनीहरूको उपचार गरिएको छ । पाठेघरमा मासु पलाउनु, हर्मोनको गडबडी र असुरक्षित यौन सम्पर्कलगायत कारणले प्रजनन प्रणालीमा सङ्क्रमणको समस्या देखिने गर्दछ ।”

    यस्तै शिविरमा उपचारका लागि आएकामध्ये २५ प्रतिशत महिलामा पाठेघरबाट असमान्य रूपमा रक्तश्राव हुने समस्या देखिएको छ । पाठेघरमा मासु पलाउने, हार्मोन गडबडीलगायत कारणले यस्तो समस्या देखिने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । असमान्य रूपमा रक्तश्राव हुने समस्या देखिएका चार जनालाई सुविधासम्पन्न अस्पातलमा उपचारका लागि रेफर गरिएको छभने दुई जनामा क्यान्सरको आशङ्का गरिएकाले उनीहरूलाई पनि थप उपचारका लागि रेफर गरिएको भट्टले बताउनुभयो ।

    यसका साथै शिविरमा आएकामध्ये पाँच प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । तीमध्ये तीन जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको छभने अन्यलाई रिङ पेसरी राखेर उपचार गरिएको छ । गर्भावस्थामा गह्रौँ भारी बोक्नु, सुत्केरी भएको समयमा गह्रौँ भारी बोक्नु, जन्मान्तर कम हुनुलगायत कारणले महिलामा पाठेघर खस्ने समस्या आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । शिविरमा आएका १५ प्रतिशतमा महिलामा पिसाब नलीको सङ्क्रमण देखिएको छ । सरसफाइको कमी, पानी कम पिउनुलगायत कारणले उनीहरूमा यो समस्या देखिएको बताइएको छ ।

    त्यसैगरी, शिविरमा आएकामध्ये १० प्रतिशतमा ग्यास्ट्रिकको समस्या देखिएको छ । समयमा खाना नखानु, खाली पेटमा दूध चिया पिउनु, भोको बस्नुलगायत कारणले ग्यास्ट्रिकको समस्या बल्झिने गरेको डा नीता तिमिल्सिनाले बताउनुभयो । शिविरमा उपचारका लागि आएका महिलाको अल्ट्रासाउण्ड गर्दा केहीमा पत्थरीको समस्या देखिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा सुरेशबहादुर विष्टले बताउनुभयो । यस्तो समस्या देखिएकालाई प्रशस्त मात्रामा पानी पिउनुपर्ने सुझाव दिनुभएको छ ।

    गाउँघरकै स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकबाट सेवा पाएपछि स्थानीय नागरिकलाई सहज भएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविर आयोजना गरेका हौँ । यो शिविरले केही हदसम्म महिलालाई सहयोग पुगेको र आगामी दिनमा पनि शिविरका लागि पहल गरिनेछ ।”

    पाटन प्राथमिक स्वास्थ्य केन्द्र, सिद्धेश्वर स्वास्थ्यचौकी खोड्पे र वसन्तपुर स्वास्थ्यचौकीमा उक्त शविर सञ्चालन भएको थियो । शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा नीता तिमिल्सिना, डा रेजिना खड्का, डा सुरेशबहादुर विष्टलगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.