सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फेसबुक चलाउन पैसा तिर्नुपर्ने !


  •    न्युजभित्तो/२३ चैत्र २०८१, आईतवार १२:०४ 
  • काठमाडौँ, २४ चैत । लोकप्रिय सोसल मिडिया प्लाटफर्महरु फेसबुक र इन्स्टाग्राम विश्वभर करोडौं मानिसले चलाउँछन् । सबैभन्दा ठूलामध्येका यी दुई सोसल मिडियाहरू अहिलेसम्म निःशुल्क नै छन् । तर, अब चाहिं यस्तो लाग्दैछ कि तपाईंले फेसबुक तथा इन्स्टाग्रामलाई सित्तैमा प्रयोग गर्नुका आनन्द धेरै समयसम्म लिन पाउनुहुने छैन । यी प्लाटफर्म प्रयोग गर्नका लागि अब पैसा दिनुपर्ने हुनसक्छ ।

    समाचार अनुसार फेसबुक तथा इनस्टाग्रामको मातृ कम्पनी मेटाले अब यी प्लाटफर्ममा एक सशुल्क (सब्सक्रिप्सन) मोडेलका बारेमा योजना बनाइरहेको छ । यसरी शुल्क तिर्ने प्रयोगकर्ताले आफ्नो फिडमा अनेक खालका विज्ञापन हेर्नुपर्ने छैन र विज्ञापन विनाको सोसल मिडियाको आनन्द लिन सक्नेछन् । तत्कालका लागि बेलायतमा सशुल्क सेवा सुरु गर्ने मेटाको तयारी छ ।

    किन आयो यो नयाँ योजना ?

    हुनत मेटाको यो योजना अचानक बनेको होइन, यसका पछाडि एक कानूनी मामिला रहेको छ । वास्तवमा बेलायतमा एकजना प्रयोगकर्तालाई लक्षित विज्ञापन नदेखाउन मेटा बाध्य हुनुपर्‍यो । उक्त मुद्दा लण्डन उच्च अदालत सम्म पुगेको थियो । तर, सजायबाट बँच्नका लागि मेटाले उक्त समस्या समाधान गर्‍यो ।

    उक्त घटनाको सुरुवात सन् २०२२ मा त्यतिबेला भयो जब मानवअधिकारकर्मी तान्या ओकेरेलले मेटाविरुद्ध १.५ ट्रिलियन डलर क्षतिपूर्ति माग गरी मुद्दा दायर गरिन् । मेटाले आफ्नो सहमति विना आफ्ना निजी डेटाहरु एकत्रित गरेको र आफूलाई लक्षित विज्ञापन देखाएर बेलायतको डेटा सुरक्षा कानूनको उल्लंघन गरेको उनको जिकिर थियो ।

    तान्याले यो मामिलालाई केवल आफ्नो मात्र लडाईँ नभै एउटा ठूलो परिवतर्नको रुपमा लिइन् । उनका अनुसार यो निर्णय अनलाइन विज्ञापनबाट दिक्क भएका सबै मानिसका लागि महत्वपूर्ण छ । उक्त मामिलामा बेलायतको डेटा सुरक्षा प्राधिकरणले तान्याको समर्थन गर्यो, जसका कारण मुद्दाको ओज झनै बढ्यो ।

    स्मरण रहोस् युरोपेली संघभित्रका देशमा मेटाले सन् २०२३ मै आफ्ना सोसल मिडिया प्लाटफर्ममा विज्ञापनमुक्त सशुल्क सेवा सुरु गरिसकेको छ । गत वर्ष उसले सब्सक्रिप्सन शुल्कमा ४० प्रतिशत कटौती गरेको थियो । जसमा फेसबुकका वेब प्रयोगकर्ताका लागि प्रति महिना शुल्क ५।९९ युरो तथा आईओएस तथा एन्ड्रोइड प्रयोगकर्ताका लागि प्रतिमहिना शुल्क ७।९९ युरो रहेको छ ।

    अब बेलायतमा मेटाले कति शुल्क तोक्छ भन्ने चासोको विषय छ ।

    बेलायतमा यदि फेसबुक तथा इन्स्टाग्राममा सब्सक्रिप्सन मोडल सफल भएमा मेटाले विश्वका अन्य देशमा पनि त्यसलाई लागू गर्न सक्दछ । यदि त्यसो भएमा अहिले सित्तैमा फेसबुक चलाउन पाएका प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने हुनसक्छ । तर, यस्तो शुल्क केवल विज्ञापनमुक्त सेवा लिनका लागि हो । फेसबुक तथा इन्स्टाग्राम फीडमा देखिने विज्ञापन हेर्दा दिक्क लाग्दैन भने चाहिं अहिलेकै जस्तो गरी निस्शुल्क रुपमा प्रयोग गर्न पाइनेछ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.