सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बरु ६ महिना भोकै बस्छौँ आदेशबिना कसैलाई छिर्न दिँदैनौँः प्रहरी प्रमुख पाण्डे


  •    न्युजभित्तो/२० चैत्र २०८१, बिहीबार १३:२८ 
  • काठमाडौं, २१ चैत । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूहरू ६ महिनै भए पनि भोकै बस्ने तर,निर्देशन पालना गर्ने बताएका छन्। आज (बिहीबार) वडा अध्यक्ष र कर्मचारीहरूले कार्यालयको ताला फोडेर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छिराएपछि उनले यस्तो बताएका हुन्।

    उनले यसरी कार्यालय तोडफोड गर्ने काम ठिक नभएको बताए। निर्देशनअनुसार जो कोही पदाधिकारीलाई रोक्ने जिम्मेवारी रहेको उनले बताए।
    ‘हामीलाई दिएको आदेश अक्षरंशः पालना गर्छौं, तर,यस्तो तामझाम गरेर ठिक भएन, हामी पनि महानगरकै कर्मचारी हो, राजनीतिक भाषा बोल्दैनौँ, कार्यालयको सुरक्षा गर्ने जिम्मा हाम्रो हो, हामी पनि तीन महिनादेखि तलब पाएका छैनौँ, तर पछि हट्दैनौँ, चाहे ६ महिना होस चाहे एक वर्ष नै भोकै बस्न परोस्,त्यसैले प्रहरी भनिएको हो।’

    सरकारले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए। तर, उनलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लाग्यो। त्यसपछि महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन गर्‍यो। त्यसयता उनी निलम्बनमा परेका थिए।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा गुरागाईंलाई नै काम गर्ने वातावरण दिन आग्रह गरेको थियो तर महानगरपालिकाका प्रमुख बालेन शाहले ठाडै अस्वीकार गरेका थिए।

    उनै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले यसघि काठमाडौं महानगरमा फर्केर काम नगर्ने र अन्तै सरुवाका लागि सरकारसँग माग गरेका थिए। तर,उनी महानगरको कार्यालयमा छिरेका छन्। महानगरका प्रहरीहरूले रोक्न खोजेका थिए। तर,सकेनन्। गुरागाईंको स्वागतमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल पनि सहभागी थिइन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.