सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दक्षिण कोरियाको जंगलमा भीषण डढेलो, २७ जनाको मृत्यु


  •    न्युजभित्तो/१३ चैत्र २०८१, बिहीबार १६:११ 
  • काठमाडौं, १४ चैत । दक्षिण कोरियाको जंगलमा लागेको भीषण डढेलोमा हालसम्म कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

    दक्षिण कोरियाली गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । स्थानीय अधिकारीहरूले मृतकमध्ये धेरैजसो ६० देखि ७० वर्षका रहेको जनाएका छन् ।

    जंगल लागेको भीषण डढेलोमा परी ३२ जना घाइते भएका छन् । यसअघि डढेलोमा २६ जनाको मृत्यु र ३० जना घाइते भएको पुष्टि भएको थियो ।

    डढेलोका कारण हजारौँ मानिस विस्थापित भएका छन् । डढेलोबाट धेरै प्राचीन स्थलहरू पनि प्रभावित भएको जनाइएको छ । यसमा १ हजार ३०० वर्ष पुरानो बौद्ध मन्दिर पनि समावेश छ, जुन जंगलमा भएको डढेलोका कारण नष्ट भएको थियो ।

    डढेलो दक्षिण कोरियाको दक्षिण–पूर्वी जंगलहरूमा लागेको जनाइएको छ । मार्च २१ बाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन । डढेलो एक हप्ताभित्र ३५ हजार हेक्टरभन्दा बढी जंगल फैलिएको छ ।

    तीव्र हावा र सुख्खा जमिनका कारण आगो द्रुत गतिमा फैलिएको जनाइएको छ । तीव्र हावाका कारण हेलिकोप्टर उडाउन कठिन भएको छ । मंगलबार आगो निभाउने प्रयास गर्दा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.