सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार


  •    न्युजभित्तो/९ चैत्र २०८१, आईतवार १४:०८ 
  • महेन्द्रनगर (धनुषा), १० चैत । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

    मधेस प्रदेशको प्रादेशिक अस्पतालका निर्देशक डा जामुनप्रसाद सिंहका अनुसार यसअघि दैनिक करिब दुई सय बिरामी उपचार गराउन आउने गरेकामा व्यवस्थापनको सुधारसँगै अहिले दैनिक एक हजार दुई सयसम्म बिरामी अस्पताल आउने गरेका छन् ।

    व्यवस्थापन सुधार कार्यक्रमअन्तर्गत ‘हेल्प डेस्क’को व्यवस्था तथा भौतिक पूर्वाधारसहित जनशक्तिको व्यवस्थापन भएसँगै सेवा चुस्तदुरुस्त भएको सो अस्पतालले जनाएको छ ।

    तोकिएका समयमा अस्पताल नआउने र राम्रोसँग जिम्मेवारी बहन नगर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कारबाही गर्न थालेपछि अहिले बिरामी एवं तिनका आफन्तजनबाट गुनासा आउनेक्रम कम भएको निर्देशक डा सिंहले बताउनुभयो ।

    अस्पतालले पछिल्लो समय तोकिएको समयमा स्वास्थ्यकर्मीबाट निर्वाध रुपमा स्वास्थ्य सेवा प्रवाह भइरहेको, औषधि वितरण कार्यलाई पारदर्शी एवं प्रभावकारी बनाएको, शल्यक्रिया गर्दा कुनै पनि भेद्भाव नगरेको र प्राप्त हुने गुनासा यथासक्य छिटो सम्बोधन गर्न थालेपछि बिरामीको चाप उल्लेख्य सङ्ख्यामा बढेको स्पष्ट गरेको छ ।

    प्रयोगशाला प्रमुख प्रमेश्वर यादवका अनुसार यसअघि अस्पतालको व्यवस्थान राम्रो नहुँदो बिरामीहरु उपचार गराउन निजी अस्पतालमा जान बाध्य हुने गरेकामा अहिले दैनिक बहिरङ्ग सेवाअन्तर्गत एक हजार २०० बिरामी प्रादेशिक अस्पताल जनकपुर आउने गरेका छन् ।

    सो अस्पतालको समाजिक सुरक्षा विभागका डा बद्री साहले गरिब तथा असहाय बिरामीलाई स्वास्थ्य उपचारदेखि औषधि तथा प्रयोशालामा निःशुल्क सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो ।

    प्रदेश अस्पताल जनकपुरधाममा चिकित्सक, नर्स, प्राविधिक, प्रशासन, सरसफाइकर्मीसहित करिब पाँच सय कर्मचारी कार्यरत रहेकोे प्रशासन प्रमुख फूलकुमार यादवले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.