सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्ला अस्पताल बैतडीमा प्रसूति सेवा सञ्चालन


  •    न्युजभित्तो/९ चैत्र २०८१, आईतवार १२:०१ 
  • बैतडी, १० चैत । जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो ।

    जिल्ला अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएपछि यहाँ स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएको हो । विशेषज्ञ चिकित्सक आएसँगै महिलालाई उपचारका लागि सहज भएको छ । यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य थिए । अब उक्त बाध्यताको पनि अन्त्य भएको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा यादवलाई छनोट गरेर जिल्ला अस्पतालमा पठाएको हो । यस्तै, नयाँ मेडिकल अधिकृतका रूपमा डा निश्चल ज्ञवालीसमेत अस्पतालमा हाजिर हुनुभएको छ । ज्ञवाली छात्रवृत्ति करारबाट जिल्ला अस्पतालमा आउनुभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।

    जिल्ला अस्पतालमा अहिले दुई विशेषज्ञ, एक दन्तरोग विशेषज्ञ र ६ स्वास्थ्य अधिकृतसहित नौ चिकित्सक कार्यरत छन् । पछिल्लो समय अस्पतालले सेवा विस्तारमा जोड दिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.