सामुदायिक वनमा बाघ मृत अवस्थामा भेटियो, शरीरभरि घाउ
न्युजभित्तो/१० पुष २०७६, बिहीबार ०९:३८
चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत अवस्थामा फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३, वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत अवस्थामा फेला परेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त भएको जानकारी दिनुभएको छ । उहाँले निकुञ्जबाट गएको चिकित्सकसहितको टोलीले बाघ कसरामा ल्याउने जानकारी दिनुभयो ।
घाँस काट्न गएका स्थानीयवासीले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । “मृतावस्थामा फेला परेको बाघको शरीरभरि नै घाउ छन्”, रुपाखेतीले भन्नुभयो, “वयस्क बाघ एकापसमा जुधेर मृत्यु भएको हो कि भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।” बस्तीदेखि झण्डै दुई किलोमिटर उत्तरतर्फको सामुदायिक वनमा बाघ मृतावस्थामा फेला परेको हो । मृत बाघको आज परीक्षण गरिने निकुञ्जले जनाएको छ ।