सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इजरायलले हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट रकेट प्रहार


  •    न्युजभित्तो/९ चैत्र २०८१, आईतवार ११:५८ 
  • इजरायल, १० चैत । इजरायलले लेबनानमा हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट इजरायलमा रकेट प्रहार भएका छन् । गएको नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित राजनीतिक समूह हिज्बुल्लाहका सेन्टरलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ ।

    लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा एक बालकसहित सात जना मारिएका र ४० जना घाइते भएको जनाएको छ । लेबनानमा हिज्बुल्लाह र प्यालेस्टाइनी समूहसहित कयौँ सशस्त्र समूह सक्रिय छन् । हिज्बुल्लाहले आफू युद्धविराममा प्रतिवद्ध रहेको जवाफ दिएको छ ।

    यसैबीच लेबनानका राष्ट्रपति जोसेफ औनले दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणको निन्दा गर्नुभएको छ । लेबनानको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरी द्वन्द्व निम्त्याएको आरोप लगाएको छ । राष्ट्रपति जोसेफले लेबनानको ‘राष्ट्रिय हित’ लाई जोगाउन संयमता अपनाउन आह्वान गर्नुभएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.