स्ववियु चुनावःअस्कल र पृथ्वीनारायण क्याम्पसमा मतदान जारी
न्युजभित्तो/९ चैत्र २०८१, आईतवार ११:३६
काठमाडौं, १० चैत । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण ९पीएन० क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ ।
५ चैतमा विवाद भएपछि यी २ क्याम्पसमा आज मतदान भएइरहेको हो । ‘शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ’, अमृत साइन्स क्याम्पसक्रा प्रमुख होमबहादुर बानियाँले भने ।
इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने उनले बताए । बिहान ८ बजेदेखि मतदान जारी छ । उता पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि मतदान भइरहेको छ ।
क्याम्पस प्रमुख हरि प्रसाद पाठकका अनुसार मतदानमा कुनै समस्या छैन । ‘बिहानदेखि नै शान्तिपूर्ण मतदान भइ रहेको छ’, उनले भने ।
विवाद भएपछि अन्तिम समयमा पृथ्वीनारायण क्याम्पसमा पनि ५ चैतमा मतदान रोकिएको थियो ।