सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काभ्रेमा दुई प्रहरी चौकी निर्माणार्थ जग्गा प्रदान


  •    न्युजभित्तो/७ चैत्र २०८१, शुक्रबार ११:०३ 
  • काभ्रेपलाञ्चोक, ८ चैत । मन्त्रिरिषद्को निर्णयअनुसार नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा प्रहरी चौकी निर्माणार्थ बिहीबार जग्गा हस्तान्तरण गरिएको छ । सरकारको नाममा कायम रहेको भोगचलनका ती दुई स्थानीय तहमा चौकी निर्माणार्थ दीर्घकालीन रूपमा जग्गाको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालयमा बिहीबार कार्यक्रम आयोजना गरी नमोबुद्धको मेथिनकोट र तेमालको पोखरी नारायणस्थानमा प्रहरी चौकी निर्माणका लागि छ–छ रोपनी जमिनको प्रमाणपत्र जिल्ला प्रहरी कार्यालयलाई दिइएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्कालाई उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यही चैत ४ गते सरकारको निर्णयले दुई स्थानीय तहमा जग्गा उपलब्ध गराउने निर्णय भएको थियो ।

    नमोबुद्ध नगरको भकुण्डेमा चौकी भवन निर्माणका लागि साविक मेथिनकोट–६ मा रहेको कित्ता नं ८५ को छ रोपनी तथा साविक पोखरीनारायणस्थान–३ तेमालका लागि ४६३ नम्बरको छ रोपनी जमिन दिने निर्णय गगरिएको थियो । नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुन कार्कीले बिपी राजमार्गमा सवारी आवागमनको चाप बढ्दै गएको तथा नगरको सहरी क्षेत्रमा बसोबास गर्नेको सङ्ख्या बढेको अवस्थामा सुरक्षामा थप व्यवस्थित हुने उद्देश्यले आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि प्रहरीलाई जग्गा उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.