सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इजरायलको आक्रमण: एकै दिन ७० जना मारिए


  •    न्युजभित्तो/६ चैत्र २०८१, बिहीबार ११:४७ 
  • इजरायल, ७ चैत । बुधबार इजरायलले गाजामा गरेको आक्रमणमा ७० जनाको ज्यान गएको छ। पहिलो चरणको युद्ध विराम सकिएपछि इजरायलले सुरु गरेको आक्रमणमा १८३ बालबालिकासहित ४४३ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अझ भीषण र डरलाग्दो आक्रमण हुने चेतावनी दिएका छन्।

    इजरायलले पछिल्लो समय सुरु गरेको जमिन आक्रमणको लक्ष्यसमेत प्रस्ट भएको छ। इजरायलले गाजा क्षेत्रलाई दुई भागमा विभाजित गरेको नृटजारिम कोरिडोर नियन्त्रणमा लिने लक्ष्य राखेको छ।

    गाजाको यो भयावह अवस्थापछि त्यहाँ रहेको राष्ट्र सङ्घीय मिसनमा रहेकाले सुरक्षा परिषद्सँग तत्काल युद्ध रोक्नका लागि पहल आवश्यक रहेको बताएका छन्।

    इजरायलले बेत लाहियामा गरेको आक्रमणमा सबै भन्दा धेरै २४ जना मारिए। त्यसै आक्रमणमा राष्ट्र सङ्घीय कर्मचारीको समेत ज्यान गएको बताइएको छ। केही समय अघि भएको आक्रमणमा १० जनाको ज्यान गएको छ।

    यसैबीच इजरायलले यमनको हाउथी नियन्त्रित क्षेत्रमा लगातार पाँच दिन आक्रमण गरेपछि अमेरिकाले हाउथी समूह निर्मूल हुने चेतावनी दिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.