सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासिस’को परीक्षण सफल


  •    न्युजभित्तो/६ चैत्र २०८१, बिहीबार ११:४४ 
  • डुम्रे (तनहुँ), ७ चैत । यहाँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गौलाका बिरामीको उपचारका लागि डायलासिसको परीक्षण सफल भएको छ ।

    केन्द्रमा सञ्चालनमा ल्याउन लागिएको डायलासिस सेन्टरमा बुधबार एक बिरामीको डायलासिस परीक्षण गरिएको हो । डायलासिसको उपचार सेवा सञ्चालन गर्न स्वीकृति लिन गरिएको परीक्षण सफल भएको उपचार केन्द्रका कार्यकारी प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार डायलसिस सेन्टरमा एक बिरामीको डायलासिस सफल भएको हो ।

    डा श्रेष्ठले भन्नुभयो, “स्वास्थ्य विभागबाट डायलासिस सेन्टर सञ्चालनको स्वीकृति लिनका लागि गरिएको परीक्षण सफल भएको छ । विभागबाट अनुगमन तथा निरीक्षणपछि नियमित सञ्चालनका लागि स्वीकृति पाउनेछौँ र स्वीकृति पाउन केही समय लाग्नेछ ।” सेन्टरमा डायलासिस सेवा प्रवाहका लागि सातवटा उपकरण जडान गरिएको र स्वास्थ्य विभागले अनुगमनपश्चात् नियमित सञ्चालन अनुमति पाउने उहाँले बताउनुभयो ।

    यहाँ डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ खैरेनीटार, म्याग्दे र लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर्सलगायत संस्थाले सहयोग गरिरहेका छन् । डायलासिस सेन्टर स्थापना भएपछि तनहुँका साथै स्याङ्जा, कास्की, लमजुङ, नवलपुरलगायत जिल्लाका बिरामीले डायलासिस सेवा लिन सहज हुने लायन्स डायलासिस सेन्टर प्रोजेक्टका संयोजक सुजित हिराचनले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.