सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने


  •    न्युजभित्तो/४ चैत्र २०८१, मंगलवार १५:४० 
  • चितवन, ५ चैत । चितवनमा नाट्य महोत्सव हुने भएको छ ।

    चितवनले नाट्य विधामार्फत् विश्वसामु चिनाउनको लागि पहिलोपटक यही चैत १० देखि १२ गतेसम्म अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुन लागेको हो । नाट्य महोत्सवका निर्देशक अञ्जान प्रदीपले सोमबार नारायणी कला मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विविध सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाले भरिएको जिल्लामा विकसित हुँदै गरेको नाट्य परम्परालाई संरक्षण र सम्वर्द्वन गर्नका लागि महोत्सवले विशेष भूमिका खेल्ने बताए ।

    चितवनले नाटकको विधाबाट पनि केही नयाँ दिन खोजेको छ भन्ने सन्देश दिन पनि यो महोत्सव फलदायी हुने निर्देशक प्रदीपको भनाई छ ।

    उनले चैत ६ गतेदेखि १२ गतेसम्म मण्डला थिएटर नेपालको आयोजनामा काठमाडौंमा हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर जिल्लामा पनि नाट्य कलाको उत्थान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव बताए । उनले भने, ‘यस महोत्सवले चितवन जिल्लाको कला, संस्कृति, र पर्यटनलाई प्रबर्द्धन गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय रंगकर्मीहरूलाई अनुभव र ज्ञान आदान–प्रदान गर्ने अवसर प्रदान गर्नेछ ।’

    तरङ्ग नाट्य समूह चितवन, कर्मी चौतारी चितवन र नारायणी कला मन्दिरले संयुक्तरूपमा आयोजना गर्न लागेको नाट्य महोत्सवमा नेपालसहित जापान, इरान, स्पेन, लिथुवानिया र भारतका पाँच वटा नाटक मञ्चन हुने छन् । तीन दिनसम्म चल्ने महोत्सवमा देशी तथा विदेशी गरी करिब ४० जना रङ्गकर्मी चितवनमा हुने महोत्सवका संयोजक देवकुमार श्रेष्ठले जानकारी दिए । ‘यो महोत्सवबाट करिब तीन हजार स्थानीय विभिन्न कोणबाट लाभान्वित हुने लक्ष्य लिइएको छ’, तरङ्ग नाट्य समूहका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठले भने ।

    राजधानीस्थित मण्डला थिएटरमा हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर चितवन जिल्लामा पनि नाट्य महोत्सव गर्ने तयारी गरेको आयोजकले जनाएको छ । महोत्सवको नारायणी कला मन्दिरतर्फका संयोजक निरञ्जन प्रधानका अनुसार यस महोत्सवले चितवन जिल्लाको कला, संस्कृति, र पर्यटनलाई प्रवर्द्वन गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय रङ्गकर्मीहरुलाई अनुभव र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ । प्रधानका अनुसार नाटक प्रदर्शनी हरेक दिन दिउँसो ३ बजे र ५ बजे हुनेछ । नाटक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.