सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इजरायलले गर्‍यो गाजामा हमला, ३४ जनाको मृत्यु, ७० घाइते


  •    न्युजभित्तो/४ चैत्र २०८१, मंगलवार १०:५६ 
  • काठमाडौं, ५ चैत । इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ । हमलाको कारण ३४ जनाको मृत्यु भएको छ भने कयौं घाइते छन् ।

    इजरायली सेनाले विज्ञप्ति निकालेर हमासको क्याम्पहरुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।

    रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मध्य गाजाको देर अल बलाहका तीन घरलाई इजरायली सेनाले निशाना बनाएको जनाएको छ । यसका साथै खान युनिस र सफाहका भवनहरुमा पनि आक्रमण भएको छ ।

    यी हमलामा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको गाजाको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ ।

    गाजामा सन् २०२५ को १९ जनवरीदेखि युद्धविराम कार्यान्वयनमा आएको थियो । पहिलो चरणको युद्धविराम १ मार्चदेखि समाप्त भएको थियो । दोस्रो चरणको युद्धविरामको प्रयास भइरहेका बेला इजरायलले हमास लक्षित आक्रमण गरेको हो । बीबीसीले यो आक्रमणलाई युद्धविरामयताको सबैभन्दा ठूलो हमला भनेको छ ।

    इजरायलका प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इसराइल काट्जको निर्देशनमा मंगलबार बिहान गाजा क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।

    विज्ञप्तिमा हमासले बन्दी रिहाइ गर्न इन्कार गरेकाले र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट काफ र अन्य मध्यस्थकर्ताहरुले राखेको प्रस्ताव नमानेकाले आक्रमण गरेको उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.