सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीयको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत


  •    न्युजभित्तो/३ चैत्र २०८१, सोमबार ११:४२ 
  • गलेश्वर (म्याग्दी), ४ चैत । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गतका काम पूरा गर्ने सहमति जनाएका छन् ।

    स्थानीयवासीको चर्को दबाबपछि रघुगङ्गामा निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले विभिन्न मागमा लिखित सहमति जनाएका हुन् । विगत लामो समयदेखि समुदायका मागलाई बेवास्ता गर्दै आएका जलविद्युत् आयोजनालाई राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीसँगको विभिन्न समयमा भएको छलफलपछि गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित जनप्रतिनिधि, सरोकारवाला र जलविद्युत् आयोजनाका प्रमुखहरूको छलफलमा जीर्ण सडकको स्तरोन्नतिसहित मुख्य मागमा लिखित सहमति जनाएका हुन् ।

    आयोजनाहरूले प्रभावित क्षेत्रको सडकलाई स्तरोन्नतिका लागि विगतका सहमति पालनामा अटेरी गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएपछि ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव पाँच मेगावाटको ठूलोखोला ‘ए’, ३५ दशमलव पाँच मेगावाट क्षमताको राहुघाट मङ्गले, २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाले ३३ बुँदे लिखित माग पालना गर्ने बताएका थिए ।

    गत फागुन १५ र २५ गते भएको सरोकारवालाको भेलाले गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजनालाई उक्त माग प्रस्तुत गरेकामा तत्काल र दीर्घकालीन रूपमा आयोजनाले गर्नुपर्ने उत्तरदायित्वका सम्बन्धमा लिखित प्रतिबद्धता गराइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । जलविद्युत् आयोजनाले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाको सामूहिक मागका रूपमा पेस भएका बुँदामा बृहत् छलफल गरी सहमति भएको अध्यक्ष भण्डारीको भनाइ छ ।

    रघुगङ्गाका सबै वडावासीलाई प्रभावित क्षेत्रमा राखेर १० प्रतिशत सेयर वितरणका लागि पनि जलविद्युत् आयोजना सहमत भएका छन् । आयोजनाले यसअगाडि प्रभावित क्षेत्रका बासिन्दालाई मात्रै सेयर प्रक्रियामा सहभागी गराउने गरेका थिए । सहमतिपत्रमा बेनी–जोमसोम सडकखण्डको घुमाउने तालबाट मौवाफाँट हुँदै बाँध रहने बुक्लसम्मको सडकलाई तत्काल ग्राभेलसहित स्तरोन्नति गर्न रघुगङ्गा हाइड्रोपावरले लिखित प्रतिबद्धता गरेको छ । हाल राहुघाट जलविद्युत् आयोजनाको आयोजना प्रतिवेदनमा सो सडकलाई ठेकेदार कम्पनीले आयोजना हस्तान्तरणका क्रममा ग्राभेलसहित स्तरोन्नति गर्ने उल्लेख भए पनि सरोकारवालाको मागबमोजिम घुमाउनेतालबाट मौवाफाँटसम्मको सडकलाई आयोजनाले कालोपत्र गरिनेछ ।

    राहुघाटको ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्सले आयोजनालाई सडक हस्तान्तरण गरेपछि डिबिएसटी प्रविधिको कालोपत्र गर्न रघुगङ्गा हाइड्रोपावरले ८० प्रतिशत र यस गाउँपालिकामा निर्माणाधीन अन्य आयोजनाले उत्पादन क्षमताका आधारमा बाँकी २० प्रतिशत लागत व्यहोर्ने छन् ।

    त्यसैगरी मौवाफाँटबाट दग्नाम, चिमखोला हुँदै पात्लेखर्कसम्मको मोटरबाटोलाई स्तरोन्नति गर्न तुँदी पावर, संयुक्त ऊर्जा र ठूलोखोला हाइड्रोपावरले चालु आर्थिक वर्षमा थप रु एक करोड ५० लाख बराबरको काम गर्ने र दीर्घकालीन रूपमा सडकलाई स्तरीय बनाउन गाउँपालिकासँगै प्रदेश र सङ्घीय सरकारसँगै हाल निर्माणाधीन जलविद्युत् आयोजनाले सहकार्य गर्ने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।

    यस्तै, आयोजना प्रभावित झिँ र पाखापानीमा पनि आयोजनाहरूले चालु आवमा सडक स्तरोन्नतिमा रु २५–२५ लाख उपलब्ध गराउने सहमति भएको छ । आयोजनाले सामाजिक उत्तरदायित्वको रकमलाई पारदर्शी बनाउन वडा र पालिकाको संयुक्त सिफारिसमा मात्र बजेट खर्च गर्ने सहमति गरेका छन्भने खानेपानी योजना, सिँचाइ योजना निर्माणमा सघाउने र प्रभावित क्षेत्रका विद्यालयमा उपलब्ध गराउँदै आएको शिक्षक सहयोगलाई निरन्तरता गर्ने प्रतिबद्धता जनाएका छन् ।

    आयोजनाहरूले गर्नुपर्ने प्रतिबद्धतामा रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसी, तुँदी पावरका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल, ठूलोखोला हाइड्रोपावरका बित्त प्रमुख प्रदीप खतिवडा र संयुक्त ऊर्जा लिमिटेडका प्रबन्ध सञ्चालक गोपालप्रसाद निउरले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा र प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सहमतिको पालना नभए जलविद्युत् आयोजनाले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.