सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनौठो रेष्टुरेन्ट, जहाँ रोबोटले खाना पकाउँछ, अर्डर गरेको ४८ सेकेन्डमा खाना टकार्छ


  •    न्युजभित्तो/२ चैत्र २०८१, आईतवार ११:१३ 
  • काठमाडौँ, ३ चैत । एउटा यस्तो रेष्टुरेन्ट, जहाँ तपाईंले आफूले खान चाहेको खानेकुरा अर्डर गर्नका लागि केवल एउटा बटन थिच्नु पर्दछ अनि केवल १.४ अमेरिकी डलर अर्थात् करिब २०० रुपैयाँमा तपाईंलाई रोबोटले तुरुन्तै उक्त खानेकुरा ल्याएर टक्राइदिन्छ । त्यो रेष्टुरेन्टमा वेटरलाई टिप पनि दिनु पर्दैन ।

    चीनको दक्षिणपूर्वी सहर सेन्जेनमा रहेको एउटा चाउचाउ रेष्टुरेन्ट पूर्णरुपमा स्वचालित छ । त्यहाँ हरेक कामका लागि रोबोटिक्सको प्रयोग हुन्छ । यस रेष्टुरेन्टमा १० वटा अलग अलग खालका खानेकुरा पाइन्छन् । ती सबै खानेकुरा रोबोटले नै तयार पारेका हुन् ।

    उक्त अटोम्याटिक रेष्टुरेन्टमा बटन थिचेको ४८ सेकेन्डभित्रै रोबोटले ग्राहकलाई एक कचौरा चाउचाउ ल्याएर दिन्छ । त्यसको मूल्य ९।९ युआन अर्थात् करिब २०० रुपैयाँ पर्दछ । उक्त अटोम्याटिक रेष्टुरेन्टमा नूडल्सका परिकार खानका लागि मानिसहरुको भीड लाग्ने गरेको छ ।

    त्यहाँ मीट सूप नूडल्स तथा स्टिर फ्राइड नूडल्सका अलावा म्यारिनेटिड अण्डा तथा ग्रिल्ड ससेज जस्ता परिकार पनि त्यहाँको मेन्यूमा रहेका छन् । त्यसको मूल्य ६ देखि २० युआनसम्म रहेको छ । ग्राहकले सेल्फ सर्भिस कियोस्क मेसिनको माध्यमबाट आफ्नो अर्डर दिन्छन् र भुक्तानी गर्दछन् । साथै एउटा पारदर्शी झ्यालको माध्यमबाट रोबोटले खाना पकाएको दृश्य पनि छर्लंगै देख्न पाउँछन् ।

    जहाँ रोबोटले पिठो मुछ्दछ

    उक्त रेष्टुरेन्टमा रोबोटले पिठोमा पानी मिसाउँछ र मुछ्ने काम गर्दछ । अनि त्यसलाई गोलो आकारमा थिच्छ र नूडल्सको रुपमा काट्दछ । यो सबै काम ८ सेकेन्डभित्र हुन्छ । त्यसपछि मासु र नूडल्सलाई एउटा कचौरामा हालिन्छ र तातो पानी राखिन्छ । अनि नूडल्स ४० सेकेन्डमा पाक्दछ ।

    अन्त्यमा एउटा रोबोटिक हातले नूडल्सको बाफले भरिएको कचौरा ल्याएर ग्राहकलाई पस्किन्छ । त्यसको माथि हरियो प्याज हालिन्छ । एकजना ग्राहकले त्यसरी रोबोटद्धारा पकाइएको पस्किएको नूडल्स पूर्णरुपमा पाकेको र मासु पनि ताजा तथा नरम रहेको बताए ।

    सो रेष्टुरेन्टका एकजना प्रतिनिधिका अनुसार नूडल्स बनाने मेसिनको निर्माण गर्न १० वर्ष लागेको थियो। त्यहाँका हरेक मेसिनको मूल्य तीन लाख ३० हजार युआन अर्थात् ४६ हजार अमेरिकी डलर छ । २० भन्दा धेरै प्रकारका ब्लेडले सुसज्जित ती मेसिनले ८ सेकेन्डभित्रैमा विभिन्न आकारका नूडल्स बनाउन सक्दछन् । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.