सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नसर्ने रोगका विरामीको पहिचान गर्दै ‘पौवादुङमा’


  •    न्युजभित्तो/२८ फाल्गुन २०८१, बुधबार ११:४६ 
  • भोजपुर, २८ फागुन । जिल्लाको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ । अस्वास्थ्य खानपान तथा जीवनशैलाका कारण नसर्ने रोग बढ्ने सम्भावनालाई ध्यानमा राख्दै रोगको न्यूनिकरण तथा रोकथामको लागि गाउँपालिकाले खोजी थालेको हो ।

    गाउँपालिकाले अहिले कार्यक्रम नै सञ्चालन गरेर स्थानीयको घर÷घरमा पुगेर दीर्घरागीको खोजीसँगै पहिचान गरिरहेको पौवादुङमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्ययले जानकारी दिनुभयो । गाउँपालिकाका ३० वर्ष माथीका सम्पूर्ण नागरिकको स्वास्थ्य परिक्षण भइरहेको उहाँले बताउनुभयो । हालसम्म सात सय जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको उहाँको भनाइ छ ।

    “हामीले नसर्ने रोगहरुको पहिचान तथा खोजी गरिरहेका छ” शाखा प्रमुख दाहालले भन्नुभयो,“तीन वटा वडाका सात सय जनाको स्वास्थ्य परिक्षण सम्पन्न गरेका छौँ । यहाँका ३० वर्ष माथीका एक हजार सात सय जनाको स्वास्थ्य परिक्षण गरेर रोगको खोजी गर्ने हाम्रो लक्ष्य छ ।”
    हालसम्मको परिक्षणमा यहाँका करिव १५ प्रतिशत नागरिक नसर्ने दीर्घरोगको जोखिममा देखिएकोे उहाँले जानकारी दिनुभयो । परीक्षणका क्रममा १० जनामा मिगौला समस्या र १५ जनामा महुमेहको लक्ष्य देखिएकाले उनीलाई उपचारको लागि बाहिरका अस्पतालमा पठाइएको शाखा प्रमुख दाहालले बताउनुभयो ।

    कार्यक्रममार्फत उच्चरक्त चाप, मिर्गौला, मधुमेह, मोटोपनका कारण लाग्ने रोगका लागि उचाई अनुसारको तौलको परिक्षण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । विशेषज्ञ डाक्टररुको उपस्थितिमा ल्याव परिक्षण गरेर नै नागरिकको स्वास्थ्य जाँच भईरहेको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।“नसर्ने रोगका कारण मावन स्वास्थ्यमा पु¥याउने क्षतिको न्यूनिकरणको लागि हामीले त्यस्ता रोगीहरुको खोजी गरिरहेका छौँ” उहाँले भन्नुभयो,“हामीले सानो सावधानी अपनाउन सकेको खण्डमा यस्ता रोगबाट बच्न सकिन्छ । नागरिकलाई सचेतनासँगै नसर्ने रोगको अवस्थाको जानकारी लिन रोगीहरुको खोजी थालेका हौँ । कतिपय मानिसहरुले रोग लुकाएर बस्दा अकालमा ज्यान पनि जान सक्छ । समयमा नै रोग पहिचान, उपचार पद्धती र सजक गराउनका लागि यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

    अस्वास्थ्यकर खानपिन र जीवनशैलीका कारण वषेर्नी नसर्ने दिर्घरोगको विरामी बढ्दै गएकाले समयमा नै रोगको पहिचान, रोगथाम तथा बच्ने उपायको विषयमा नागरिकलाई सचेत गराउने उद्धेश्यले कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । योजनाबद्ध रुपमा स्वास्थ्यका अन्य नियमित कार्यक्रम सञ्चालन भईरहेको भएपनि नसर्ने दिर्घरोगको रोकथाम तथा न्यूनिकरणको लागि नागरिकको स्वास्थ्य परिक्षणको काम भईरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । “मानवको स्वास्थ्य नै धन हो”उहाँ भन्नुभयो,“हाम्रो सानो अवसावधिका कारण ठूलो रोगको सिकार बन्नु परेको अवस्था पनि छ । नसर्ने रोगको तत्काल लक्षण नदेखिने भएकाले बेलैमा रोगको पहिचान र उपचारको प्रक्रिया अघि बढाउन विरामीको खोजी थालेका हौँ । समयमा नै दिर्घ रोगको पहिचान गरेर रोकथाम तथा बच्ने उपायको विषय जानकारी गराउन अभियान सञ्चालन गरेका हौँ ।”

    नागरिकलाई स्वास्थ्य खानपानमा जोड्न आयातित पेय पदार्थको विक्री वितरणमा कडाई गरिएको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले नागरिकलाई पोषणुयक्त खानपानमा प्रोत्साहन गर्न उन्नत जातका गाई, भैंसी वितरण गरिरहेकोसमेत अध्यक्ष राईले बताउनुभयो । गाउँघरमा पाउने अर्गानिक बस्तुको खानपिन तथा नियमित व्यामले नागरिकलाई स्वास्थ्य रहन मद्धत गर्ने उहाँको भनाइ छ । “हामीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“मानव स्वास्थ्यमा असर गर्ने खालका पेय पदार्थको बिक्री वितरणमा कडाई गरिरहेका छौँ । बाह्य पेय पदार्थको विकल्पमा दहि,महि प्रयोग गर्न नागरिकलाई आग्रह गरिरहेका छौँ । पोषणसँगै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले स्थानीय कृषकलाई यो वर्ष मात्र ८० वटा उन्नत जात गाई वितरण गरेका छौँ ।”

    बालवालिका, गर्भवती, सुत्केरी तथा बृद्धाबृद्धको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँपालिकाले पोषण तथा स्वास्थ्यको क्षेत्रमा विभिन्न खालका काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । नागरिकलाई अर्गानिक(जैविक) खेती प्रणालीमा जोड्न महिला विकास वोर्डमार्फत गड्यौला बनाउने, प्राङगारिक मल बनाउनेलगायतका कार्यक्रमसमेत सञ्चालन भइरहेको उपाध्यक्ष राईले जानकारी दिनुभयो । “हामीले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका छौँ”उहाँले भन्नुभयो,“रसायनिक मलको प्रयोगका कारण पनि धेरै किसिमका रोग लाग्ने भएकोले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका हौँ । कृषकलाई जैविक खेती प्रणाली लाग्न आवश्यक प्रोत्साहनसँगै सचेनाका कार्यसमेत गरिरहेका छौँ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.