सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्वको सबैभन्दा प्रदूषित देशको सूचीमा नेपाल सातौँ स्थानमा


  •    न्युजभित्तो/२८ फाल्गुन २०८१, बुधबार ११:०९ 
  • काठमाडौं, २८ फागुन । स्विट्जरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरले मंगलबार ‘विश्व वायु गुणस्तर रिपोर्ट २०२४’ सार्वजनिक गर्दै विश्वको अधिकांश जनसंख्या प्रदूषित हावामा सास फेर्दै आएको निष्कर्ष निकालेको छ ।

    १३८ देशका ४० हजार वायु गुणस्तर निगरानी स्टेशनहरूबाट संकलित डाटाको आधारमा तयार पारिएको रिपोर्टअनुसार चाड, बंगलादेश, पाकिस्तान, कंगो र भारत विश्वका पाँच सबैभन्दा बढी प्रदूषित देशहरु हुन् ।

    रिपोर्टमा नेपाललाई विश्वको सातौं सबैभन्दा प्रदूषित देशको रूपमा सूचीकृत गरिएको छ । नेपालमा विश्व स्वास्थ्य संगठनले तोकेको वार्षिक औसत मापदण्डभन्दा ८.६ गुणा बढी प्रदूषित हावा रहेको रिपोर्टमा उल्लेख छ ।

    आज मात्रै पनि नेपाल विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा छ । पहिलो स्थानमा भारत छ ।

    रिपोर्टअनुसार, विश्वभरका सबैभन्दा बढी प्रदूषित २० शहरहरूमध्ये १३ शहर भारतका रहेका छन् । भारतको उत्तरपूर्वी क्षेत्रमा पर्ने बर्नीहाट नामक सानो औद्योगिक नगरलाई विश्वकै सबैभन्दा बढी प्रदूषित महानगरीय क्षेत्रको रूपमा चिनाइएको छ ।

    त्यस्तै, दिल्ली निरन्तर विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ ।

    नेपालमा वायु प्रदूषणका मुख्य कारण र नियन्त्र्णका उपाय

    धुलो र निर्माण कार्यहरूः काठमाडौं उपत्यकामा सडक विस्तार र निर्माण कार्यहरूका कारण धुलोको मात्रा बढेको छ।

    वाहनहरूको धुँवाः पुराना र मर्मत नगरेका सवारीसाधनहरूबाट निस्कने धुँवाले वायु प्रदूषणमा योगदान पुर्‍याउँछ।

    औद्योगिक गतिविधिहरूः निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूबाट निस्कने प्रदूषकहरूले वायु गुणस्तरमा नकारात्मक असर पार्छ।

    उच्च वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी रोगहरू, हृदय रोग, फोक्सोको क्यान्सर र अन्य स्वास्थ्य समस्याहरूको जोखिम बढ्छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरू बढी प्रभावित हुन सक्छन्। त्यसैले यसलाई

    नियन्त्रणका निम्न उपाय अपनाउन सकिन्छ

    सवारीसाधनहरूको मर्मत र नियमनः पुराना सवारीसाधनहरूको मर्मत तथा उत्सर्जन मापदण्ड कडाईका साथ लागू गर्नु आवश्यक छ।

    हरियाली प्रवर्द्धनः शहर क्षेत्रमा वृक्षारोपण र हरियाली क्षेत्रहरूको संरक्षणले वायु प्रदूषण कम गर्न मद्दत गर्छ।

    जनचेतना कार्यक्रमहरूः वायु प्रदूषणका असरबारे जनचेतना फैलाउन शिक्षा र सूचना कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ।

    कानुन कार्यान्वयनः प्रदूषण नियन्त्रण सम्बन्धी कानुन भए पनि तिनको कार्यान्वयन पक्ष फितलो भएकाले त्यसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.