सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्वभाविक रुपले बढ्यो लसुन आयात, सात महिनामै छ अर्ब बढीको लसुन आयात भएपछि खोजी गरिँदै


  •    न्युजभित्तो/२६ फाल्गुन २०८१, सोमबार ११:२९ 
  • काठमाडौं, २६ फागुन । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालमा छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको छ । यो देशको आन्तरिक खपतका लागि हो वा यसमा अन्य कुनै कारण छ भन्ने आशङ्का भएको छ । भन्सार विभागले पनि यसलाई अस्वाभाविक आयात भएको उल्लेख गरेको छ ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ, पाँच वर्षअघि आव २०७६/७७ मा ३१ करोडको लसुन आयात भएको नेपालमा यो आवको पहिलो सात महिनामा महिनामा नै छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको लसुन आयात भएपछि यसको आन्तरिक खोजीमा सरकारी निकाय लागेको छ । यो अवधिमा नौ लाख २० हजार रुपियाँ बराबरको लसुन निर्यात भएको छ । बाँकी रहेको लसुन कहीँ भण्डारण गरेको पनि देखिँदैन ।

    नेपालमा उपभोक्ताको अलावा चाउचाउ र अचार उद्योगले ठुलो परिणाममा लसुनको प्रयोग गर्ने गरेका छन् ।

    नेपाल दक्षिण एसियाली सौविध्यपूर्ण व्यापार व्यवस्था ९साफ्टा०को सदस्य राष्ट्र भएकाले विभिन्न देशबाट आयात भएको सामग्री सहजै भारत निर्यात हुने भएकाले नेपालको बाटो हुँदै चीनको लसुन भारत पुगेको अनुमान सरकारी निकायको छ ।

    अस्वाभाविक रूपमा लसुन आयात भए पनि त्यसको मूल्य पनि अकासिएको छ । धेरै परिमाण आएको समयमा लसुनको मूल्यमा गिरावट आउनुपर्ने भए पनि त्यो हुन सकेको छैन । कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार एक किलो चिनियाँ लसुनको औसत मूल्य २७० रुपियाँ छ । आम उपभोक्ताले एक किलो लसुनको पाँच सय रुपियाँसम्म तिर्ने बाध्यता रहेको उल्लेख गरेका छन् । वर्षअघिसम्म १५० रुपियाँसम्म मूल्य पुग्ने गरेको थियो ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक राजन पौडेलले नेपालमा लसुन आयातमा कुनै बन्देज नभएको र प्रतिबन्धित सामग्रीमा नपर्ने भएकाले नेपालमा सहज आयात र नेपालबाट भारतमा पनि सहजै जान सक्ने सम्भावना रहेको बताए । उनले आयातनिर्यातको पाटोमा भन्सार विभागसँग जिम्मेवारी रहने र आफूहरूले पनि सो विषयमा खोजी गरिरहेको उल्लेख गरे । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले आयातको मात्रा बढेसँगै अनुसन्धान शाखाले त्यसको अध्ययन थालेको उल्लेख गरे ।

    नेपालमा वार्षिक १२ हजार मेट्रिक टन लसुन उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ । नेपालमा उत्पादन भएको लसुनप्याजको भण्डारण गर्ने पूर्वाधार छैन । आव २०७९/८० मा नौ हजार ५७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएको थियो । वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले नेपालमा मासिक एक अर्बको लसुन खपत गर्ने उपभोक्ता नै नभएको र त्यत्रो परिमाणमा आयात गरिएको लसुन कहाँ गयो भनेर हेरिरहेको जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.