सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उदयपुरमा लागुऔषध दुर्व्यसनी बढे


  •    न्युजभित्तो/२५ फाल्गुन २०८१, आईतवार १४:२० 
  • गाईघाट (उदयपुर), २५ फागुन । जिल्लामा एक वर्षअघिसम्म न्यूनीकरण हुँदै गएको लागुऔषध कारोबार र दुर्व्यसन पुनःबढ्न थालेको छ । छिमेकी जिल्ला सप्तरी, सिरहा, सुनसरी र उदयपुरको सीमाबाट विभिन्न लागुऔषध भित्रने, कारोबार गर्ने र प्रयोगकर्ता वृद्धि हुँदै गएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्लाभित्रबाट पनि केही गाँजा कारोबारकर्ताले बाहिर गाँजा बिक्री गर्ने गरेका पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताउनुभयो । उहाँका अनुसार गत साउनदेखि फागुनको दोस्रो सातासम्ममा मात्र जिल्लामा ९० जना लागुऔषध कारोबारकर्ता र केही प्रयोगकर्ता पक्राउ परेका छन् ।

    पक्राउ गरिएकामध्ये ४७ जनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जनाउँदै प्रनाउ दोङले २५ जनालाई कारागारमा राखिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार ३२ जनालाई धरौटीमा छाडिएको छ ।

    अहिले सबैभन्दा बढी समस्याका रूपमा सप्तरी, सुनसरी र सिरहको सीमानाकाबाट लागुऔषधका विभिन्न ट्याब्लेटहरू कारोबारकर्ताले उदयपुर भित्र्याउने गरेका प्रनाउ दोङले बताउनुभयो । जिल्लाको पूर्वी क्षेत्रको बेलका र पश्चिमी क्षेत्रको कटारी, उदयपुरगढी क्षेत्र भएर सप्तरी, सिरहामा गाँजा तस्कर हुने गरेको उहाँको भनाइ छ ।

    जिल्लाको पूर्वी क्षेत्रको बेलका र चौदण्डीगढी नगरपालिकामा सप्तरी र सुनसरीको सिमाना हुँदै जिल्लाभित्र गाँजा तस्करी बढ्दै गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको सिमा क्षेत्रमा प्रहरी तथा सुरक्षाकर्मी चौबीसैँ घण्टा कडाइका साथ तैनाथ गरिए पनि लागुऔषध कारोबार बढ्दै गइरहेकाले प्रहरीलाई चुनौती थपिएको उहाँले बताउनुभयो ।

    एक वर्षअघिसम्म जिल्ला प्रहरी कार्यालयले जिल्लाका गाउँगाउँका विद्यालय तथा बस्ती र सडकमा ‘नो ड्रग्स’ अभियान सञ्चालन गर्दै आएको थियो । उक्त अभियानका कारण केही समय लागुऔषध दुव्र्यसनी न्यूनीकरण भएकामा अहिले फेरि कारोबार र दुव्र्यसन वृद्धि हुँदै गएका प्रनाउ दोङले उल्लेख गर्नुभयो ।

    अहिले जिल्लाभित्रबाट बाहिर गाँजा पैठारी नियन्त्रण गर्नु निकै चुनौतीका रूपमा देखिएको बताउँदै बाहिरबाट लागुऔषध भित्रीक्रम पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीले बताउनुभयो । कारोबारकर्ताले राजमार्गभन्दा पनि चुरे क्षेत्रको जङ्गलको बाटोबाट पैदल हिडेर चोरबाटो हुँदै कारोबार गर्न थालेपछि प्रहरीलाई सुरक्षा र नियन्त्रणमा चुनौती उहाँको भनाइ छ ।

    लागुऔषध कारोबार बढ्दै जान थालेपछि प्रहरीले नागरिकसहित सबैले साथ दिएमा लागुऔषध ओसारपसार र दुव्र्यसनी न्यूनीकरण गर्न सकिने बताउँदै योगीले नागरिक समाज, आमनागरिकलाई सहयोगका लागि आग्रह गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.