सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेटर चितवनको ‘वाउ वुमन अवार्ड’बाट दुई जना सम्मानित


  •    न्युजभित्तो/२५ फाल्गुन २०८१, आईतवार १३:३१ 
  • भरतपुर,२५ फागुन ।  अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक संस्था बेटर चितवनले ‘वाउ वुमन अवार्ड’ बाट दुई जनालाई सम्मानित गरेको छ । यसवर्षको वाउ वुमन अवार्डबाट पशु अधिकारकर्मी सुधा तिमल्सिना र दोहोरी गायिका आयुष्मा केसीलाई सम्मान गरिएको हो । तिमल्सिना चितवनमा रहेर पशु कल्याणको क्षेत्रमा काम गर्दै आइरहनुभएको छ भने केसीले मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको हकहित र हिंसा विरुद्धको क्षेत्रमा काम गरिरहनुभएको छ ।

    सम्मानित दुवै जनालाई अभियन्ता एवंम सामारी उत्थानकी निर्देशक विमला गायक, बेटर चितवनकी सल्लाहका, अधिवक्ता एवंम लेखक सरिता तिवारी र बेटर चितवनकी कार्यक्रम संयोजक बिनीता गुरुङ्ले संयुक्त रुपमा अवार्ड हस्तान्त्रण गर्दै सम्मान गर्नुभएको थियो ।


    बेटर चितवनले विगत एक दशकदेखी समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलालाई सम्मान गर्दै आइरहेको बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्की जानकारी दिनुभयो । ‘वाउ वुमन’ कार्यक्रमकी संयोजक सनिसा आचार्यले महिलाहरुको विशेष उत्सवको दिनमा विशेषगरि श्रमिक महिलाहरुको सम्मान गर्दै अधिकार र हकहितको सुनिश्चित गर्नका लागि युवाहरुले सन्देश पुर्याउने हिसाबले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो ।

    यस्तै सोही कार्यक्रममा ‘सशक्त महिला, समुन्नत समाजः नयाँ सोच, नयाँ सम्भावना’ नामक प्यानल छलफल कार्यक्रम समेत गरिएको थियो । प्यानलमा वक्ताहरुमा अभियन्ता विमला गायक , अभियन्ता एवम चिकित्सक डा सुवास वस्नेत र लेखक, अनुसन्धानकर्ता रीता साह हुनुहुन्थ्यो । कार्यक्रमको सहजकर्ता पत्रकार एवम अधिकारकर्मी सिन्धु ढकालल गर्नुभएको थियो ।

    प्यानल छलफलमा रिता साहले मधेसी समुदायमा भइरहेका विभेद र यस्ले सिर्जना गरेका समस्याबारे उजागार गर्नुभएको थियो मधेसमा कठोर पितृसत्ताको अभ्यास रहेकाले धेरै समस्या रहेको उहाँको भनाइ थियो । ‘पितृसत्ता यस्तो मान्यता हो जसले पुरुषलाई केन्द्रमा राखेर सोच्छ’ उहाँले भन्नुभयो, ‘नेपालमा धेरैजसो नियम कानुन पुरुषलाई केन्द्रमा राखेर वनाइएको छ।’ मधेसी समुदायमा अहिले पनि महिलालाई घर समाज र जातको इज्जतको रुपमा मात्र हेरिने परम्परा रहेको उल्लेख गर्दै उहाँले दाइजो प्रथा , छोरी भु्रण हत्या जस्ता विभिन्न समस्याले मधेसलाई जेलेको उल्लेख गर्नुभयो । ‘मधेसमा दाइजो प्रथा अवलम्बन नगर्ने व्यक्ती होलान तर घर छुटेको छैन । कोहि पनि छोरी जन्माउन चाहादैन । शिक्षित र पढेलेखेकैहरुमा यस्तो धेरै छ ।’ उहाँले भन्नुभयो । महिला शसक्तिकरणको लागि सरकारले काठमाडौँमा बसेर निर्णय गरेर नहुने उहाँको भनाइ थियो । समाज रुपान्तरणको लागि स्थानियस्तरमा रहेका राजनीतिक दलका प्रतिनिधि , अभियन्ता , अधिकारकर्मी सबैको हातेमालो हुन उत्तिकै जरुरत रहेको उहाँको भनाइ थियो ।

    यस्तै अर्का वक्ता विमला गायकले मनोरञ्जन क्षेत्र, घरेलु मजदुर , फोहोर संकलन गर्ने क्षेत्रमा काम गर्ने महिला मजदुरहरु संगठित भइ आफ्नो हकहितको लागि नितिगत लडाइ लड्नुपर्नेमा जोड दिनुभयो । अभियन्ता एवम चिकित्सक डा सुवास बस्नेतले विभेदरहित समाज निर्माणको लागि छोरीहरुलाई रोलमोडल बनाउदै लोकतान्त्रिक पद्धतीबाट लडाइ लड्नुको विकल्प नरहेको भनाई राख्नुभयो ।

    विभेदरहित समाज निर्माणको लागि अबको लडाइ सामाजिक सञ्जालबाट समेत लड्न सकिने उहाँको भनाइ थियो । उहाँले सामाजिक संजालको प्रयोग गर्दा महिलालाई होच्चाउने , विभेद सिकाउने ‘मिम’हरु सेयर समेत नगर्न युवापुस्तालाई सुझाव समेत दिनुभयो ।

    प्यानल छलफलमा संविधान कानुनसँगै मनोविज्ञान पनि बद्ल्दै महिलाहरुलाई आर्थिक सबलीकरणमा जोड दिनुपर्नेमा वक्ताहरुको मत रहेको थियो ।

    यस्तै कार्यक्रममा सन्देशमुलक नाटक, स्टोरी टेलिङ, नृत्य लगायतका विभीन्न प्रस्तुतीहरु युवाहरुले प्रस्तुत गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.