सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर–२३ मा नेपालकै नमूना पशुपतिधाम निर्माण गरिने, अर्थ सङ्कलनका लागि ज्ञानमहायज्ञ हुँदै


  •    न्युजभित्तो/९ पुष २०७६, बुधबार १३:५८ 
  •    संगिता बानिया

    चितवन । नेपालकै नमूना पशुपति धाम निर्माण गर्ने उद्धेश्यका साथ नारायणी नदी किनारमा आगामी माघ ११ देखि फागुन ११ गतेसम्म कोटीहोम ज्ञानमहायज्ञ मेलाको तयारी गरिएको छ । ऐतिहासिक १०८ कुण्डीय कोटीहोम, शैक्षिक, धार्मिक तथा साँस्कृतिक तुलादान, माघीमेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय अष्टोत्तरशत (१०८) श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ गर्न लागिएको आयोजक समितिले जानकारी दिएको छ ।

    पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी भरतपुर–२३, जगतपुरस्थित पशुपतिनाथ मन्दिरलाई वृहत् धामको रुपमा विकास गर्ने, आयुर्वेदिक शिक्षालय स्थापना गर्ने र क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग गर्ने उद्धेश्यका साथ महायज्ञ सञ्चालन गर्न लागिएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

    भागवत वाचन श्रीमद्भागवत कथा प्रवक्ता वालयोगेश्वर महाराजले गर्नुहुने बताइएको छ । १०८ पण्डितद्वारा एक करोड २५ लाख मन्त्र जपसहित अनवरत रुपमा एक महिनासम्म विशेष जडिबुटिद्वारा हवन गरिने, वेद, १८ पुराण, १०८ श्रीमद्भागवत महापुराणको पाठ–पारायण महायज्ञको प्रमुख आकर्षण रहने छन् । साथै २१ करोड दीप प्रज्वलन, १ करोड पार्थिव शिवलिङ्ग निर्माण तथा पूजन, हेलिकप्टरबाट मुक्तिनाथ हुँदै १०८ तीर्थको जल र १ हजार आठ गौमाताको दुग्ध धारासहित कालिगण्डकी र नारायणीमा दुग्धभिषेकका साथै कार्यक्रम परिसरमा पुष्पवृष्टि गरिने कथा वाचक वालयोगेश्वर महाराजले बताउनुभयो ।

    देशैभरका १० लाख भक्तजनको उपस्थिति रहने गरि निमन्त्रणा पठाईएको आयोजकले जनाएको छ । प्रत्येक भक्तालुले कम्तिमा एक हजार रुपैयाँ दान गर्ने आयोजकको दावी छ । नारायणी नदी किनारमा लाग्ने कोटीहोम यज्ञमा आध्यात्मिक साधना हुने बताईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.