सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एशोसिएसन अफ कन्सल्टिङ्ग इञ्जिनियर्स भरतपुरमा ई.विष्णु अधिकारी


  •    न्युजभित्तो/२४ फाल्गुन २०८१, शनिबार २१:१० 
  • चितवन । एसोसिएसन अफ कन्सल्टिङ्ग इन्जिनियर्स भरतपुरको अध्यक्षमा ई.विष्णु अधिकारी चयन हुनु भएको छ । एशोसियसनको पाँचौँ वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि ई अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    समितिको उपाध्यक्षहरुमा ई खेमबिक्रम थापा मगर, ई दामोदर ढकाल, सचिवमा ई आकाश शर्मा, सहसचिवमा ई केदार अधिकारी र ई शिवराम पौडेल, कोषाध्यक्षमा ई.जनार्दन देवकोटा चयन हुनु भएको छ । यस्तै, सदस्यहरुमा ई गौरव पराजुली, ई हेमन्त श्रेष्ठ, ई अमित गिरी र ई रोशन भाट निर्वाचित हुनु भएको छ ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले देश विकासमा अहम् भूमिका निर्वाह गर्ने इन्जिनियरहरुको भूमिकालाई राज्यले सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधार विकास निर्माणमा इन्जिनियरहरुको भूमिका महत्तवपूर्ण रहेको भन्दै भरतपुरको विकास र समृद्धिमा इन्जिनियरहरुको भूमिका अतुलनीय रहेको बताउनुभयो । निवर्तमान अध्यक्ष ई उदयकृष्ण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    नवनिर्वाचित अध्यक्ष अधिकारीले राष्ट्रनिर्माणमा योगदान दिनसक्ने इन्जिनियरहरुको भूमिकालाई थप मजबुत बनाउँदै आफ्नो कार्यकाललाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.