सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होली भिजनमा अभिभावन शैली


  •    न्युजभित्तो/२४ फाल्गुन २०८१, शनिबार १६:०३ 
  • भरतपुर, २४ फागुन । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको आयोजनामा असल अभिभावन शैली विषयक अन्तरक्रिया कार्यक्रम शनिबार यज्ञपुरीको सङ्गोल व्याङ्क्वेटमा सम्पन्न भएको छ ।

    असल अभिभावन शैली कार्यक्रमका प्रमुख अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले बालबालिकालाई असल मार्गमा अगाडि बढाउनको लागि सर्वप्रथम त अभिभावकहरु नै जिम्मेवार भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । असल अभिभावन शैली कार्यक्रमका सहजकर्ता कान्तिपुर चाइल्ड डेभलपमेन्ट सेन्टरका प्रशिक्षक भीष्ममणि पाण्डेले, असल अभिभावन, बाल विकास, सिकाउने शैलीका बारेमा अभिभावकहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

    अभिभावन शैली कार्यक्रमले समय र परिस्थिति अनुसार अभिभावकीय शैली परिवर्तन गर्नको लागि निकै फलदायी भएको अभिभावकहरुको धारणा रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटी, सहायक प्रचार्य वेगनाथ गैरे, कक्षा ११, १२ का संयोजक चोलाकान्त बस्ताकोटी, विद्यालयका पुर्व अध्यक्ष नारायण सापकोटा विद्यालयका पुर्व शिक्षक राजु गिरीलगायले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.