सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रमुख शहरमा डिपो खोल्दै किसान दाना उद्योग, २० औं डिपो तम्घासमा


  •    न्युजभित्तो/२४ फाल्गुन २०८१, शनिबार १०:५० 
  • चितवन, २४ फागुनः पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगले देशका प्रमुख शहरमा डिपो खोल्दै आफ्नो बजार क्षेत्र विस्तार गरेको छ । आफूले उत्पादन गरेको अण्डालाई सोझै उपभोक्ताकोमा पु¥याउने उद्देश्यले आज गुल्मीको तम्घासमा २० औं डिपो सञ्चालनमा ल्याएको हो ।

    उद्योगका अध्यक्ष रघुनाथ भट्ट र कार्यकारी निर्देशक बिनोद पोखरेलले विधिपूर्वक पूजा गरेर डिपोको शुभारम्भ गर्नुभएको छ । उद्योगले यस अघि काठमाडौँको नक्साल, ठूलो भ¥याङ, कलंकी र नयाँ बजार, ललितपुरको भैंसेपाटी, भक्तपुरको पेप्सीकोला, काभ्रेको बनेपा, कास्कीको पोखरामा डिपो सञ्चालनमा ल्याएको छ । यसैगरी म्याग्दीको बेनी, सुर्खेतको शनिहल लाईन, बाँकेको कोहलपुर, कैलालीको धनगढी, डढेलधुरा, धादिङ बजार, चरिकोट, इलाम बजार, फिदिम, सन्धीखर्क र तानसेनमा उद्योगका डिपो सञ्चालनमा रहेका उद्योगका सञ्चालक हिमालयन पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार खोरबाट भान्सासम्म पुग्दा विभिन्न चरण पार गर्नुपर्दा उपभोक्तालाई महंगो पर्ने हुँदा कम्पनीले सोझै उपभोक्तासम्म पु¥याउने अभियान सञ्चालन गरेको हो । पौडेलले यसरी उपभोक्तासम्म पु¥याउँदा अण्डा ताजा र सस्तो हुने बताउनुभयो ।

    आफ्नो उत्पादन र संकलन भएको अण्डा आफ्नै डिपोमार्फत छिटो, छरितो र सर्वसुलभ रुपमा उपभोक्तामाझ पु-याउन विभिन्न शहरमा डिपो सञ्चालनमा ल्याइएको कार्यकारी निर्देशक विनोद पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष रुपमा जोड्नका लागि किसान दाना उद्योगले डिपो विस्तार गरेको बताउनुभयो ।

    कम्तिमा ३० डिपो पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ । पोख्रेलका अनुसार डिपो नभएका शहरमा पनि स्थानीय डिलरमार्फत अण्डा पु¥याइँदै आएको छ । डिपो खोल्नासाथ मूल्य कम नभए पनि क्रमशः डिपोबाट बिक्री गर्ने अण्डा सस्तो र ताजा हुने पोखरेलले बताउनुभयो ।

    सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालिमा चार लाख लेयर्स कुखुरा पालेको छ । थप दुई लाख कुखुराका लागि खोर बनाउने कार्य भईरहेको छ । किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक एक हजार चार सय पचास पेटी अण्डा उत्पादन हुँदै आएको छ । कम्पनीले दुई सय पेटी अण्डा किसानबाट दैनिक संकलन गर्ने गरेको छ ।

    उद्योगका अध्यक्ष रघुनाथ भट्टले अन्य शहरहरुमा क्रमशः डिपो सञ्चालन गर्दै जाने बताउनुभयो । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष समेत रहनु भएका भट्टले सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको यस कम्पनीले गाउँगाउँसम्म आफ्नो अण्डा पु¥याउन डिपो सञ्चालन गरेको बताउनुभयो ।

    यस समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेरीनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योगलगायतका उद्योग र उत्पादनमा लगानी छ ।

    यस उद्योगको अगुवाई गर्दै आउनु भएका कार्यकारी निर्देशक पोखरेल नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष समेत हुनुहुन्छ । उहाँले ठूलो संख्यामा कुखुरा पाल्ने किसानहरुलाई आफ्नै डिपो सञ्चालन गरेर सहज र सहुलियतमा अण्डा उपभोक्ताकोमा पु¥याउन सबैलाई आव्हान गरेको बताउनुभयो ।

    नेपालका पोल्ट्री क्षेत्रमा धेरै पलायन भईरहेको समयमा यो उद्योगले भने आफ्नो क्षेत्र विस्तार गर्दै बजारीकरण गरेर उपभोक्तालाई ताजा अण्डा पु-याउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.