सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जग्गा प्राप्त नहुँदा ट्रमा सेन्टर निर्माण अधुरै


  •    न्युजभित्तो/२३ फाल्गुन २०८१, शुक्रबार १२:०२ 
  • गोदावरी (कैलाली), २३ फागुन । कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टर स्थापनाको काम अघि बढ्न सकेको छैन । ट्रमा सेन्टर पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त हुन नसक्दा चार वर्षदेखि सो काम अलपत्र परेको हो ।

    सरकारले ट्रमा सेन्टर स्थापनाका लागि विगत चार वर्षदेखि विनियोजन गर्दै आएको बजेट फ्रिज भएर जाने गरेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ ।

    सरकारले ट्रमा सेन्टर स्थापनाका लागि चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरे पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका सूचना अधिकारी तथा इञ्जिनियर पुष्पराज भट्टले बताउनुभयो ।

    उहाँका अनुसार ५० श्ययाको ट्रमा सेन्टर निर्माणका लागि गत आव २०८०/८१ मा बहुवर्षीय योजनाअन्तर्गत रु पाँच करोड बजेट बजेट विनियोजन गरिएको थियो । साथै आव २०७८/७९ मा रु पाँच करोड विनियोजन गरिएको थियो ।

    आर्थिक वर्ष २०७९/८० मा कैलालीको लम्की सम्भाव्यता अध्ययन गरी ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन भएको थियो । कार्यालयका सूचना अधिकारी भट्टले जग्गाको सुनिश्चितता गर्न स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकालाई आग्रह गर्दै आएको पनि जानकारी दिनुभयो ।

    पूर्व पश्चिम राजमार्गअन्तर्गत चिसापानी–लम्की खण्डमा सवारी दुर्घटना बढी हुने र घाइतेले समयमै उपचार नपाउँदा अकालमै मृत्यु हुने भएकाले ट्रमा सेन्टर निर्माणको अवधारणा सुरु भएको थियो । हाल सामान्य उपचारदेखि आकस्मिक उपचारका लागि यस क्षेत्रका नागरिक नेपालगञ्ज तथा भारत जानुपर्ने बाध्यता छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.