सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छोराको हत्या आरोप लागेका भ्लोन दम्पती प्रहरी हिरासतमा


  •    न्युजभित्तो/२२ फाल्गुन २०८१, बिहीबार १२:०७ 
  • मकवानपुर, २२ फागुन । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीस्थित अदुवाबारीमा चोरको शंकामा प्रतिकार गर्दा मृत्यु भएको विषयमा मृतक भरतकुमार भ्लोनका बाबुआमालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा आफ्नै बाबुआमाको कुटपिटबाट घाइते भएका भरतको उपचारको क्रममा चितवनस्थित भरतपुर अस्पतालमा गत शनिबार मृत्यु भएको थियो ।

    मकवानपुर प्रहरीले उक्त घटनको अनुसन्धानका लागि भरतका बुबा ६४ वर्षीय मीनबहादुर भ्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई नियन्त्रणमा लिएको जनाएको छ । यसअघि घटनमा घाइते भएका भ्लोन दम्पतिको प्रहरीको निगरानीमा भक्तपुरस्थित इवा मुरा अस्पतालमा उपचार भएको थियो । उपचारपछि उनीहरुलाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको प्रहरी प्रवक्ता डिएसपी श्यामु आर्यलले जानकारी दिए ।

    ‘घटनाको विषयमा अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिएका छौं ।’ प्रवक्ता अर्यालले भने, ‘हिरासतमा राखेर घटनको बारेमा भ्लोन दम्पतीमाथि अनुसन्धान हुन्छ ।’

    प्रवक्ता अर्यालले उनीहरूमाथि आफ्नै ३९ वर्षीय छोरा भरतको हत्या गरेको आरोप लागेको बताए । प्रहरीका अनुसार गत १५ फागुन बिहीबार राति घरमा चोरी गर्न आएको भन्दै भ्लोन दम्पतीले आफ्नै छोरा भरतमाथि घरेलु औजारले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.