सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इस्लाम धर्मावलम्बीद्वारा माध्यमिकी परिक्रमाका यात्रीको स्वागत


  •    न्युजभित्तो/२१ फाल्गुन २०८१, बुधबार १२:०१ 
  • महोत्तरी, २१ फागुन । इस्लाम धर्मावलम्बीले मडैबाट ध्रुवकुण्ड पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज स्वागत गरेका छन् । परिक्रमा यात्राको सातौँ दिनको रात्रि विश्रामस्थल ध्रुवकुण्ड हो जहाँ इस्लाम धर्मावलम्बीको बाहुल्य छ ।

    बलवा नगरपालिकाका रौजा, धमौरा र अधियानपुरका इस्लाम धर्मावलम्बीले यात्रीलाई खादा र माला लगाइ दिएर स्वागत गरेका हुन् । सत्ययुगमा राजा उत्तानापाद र सौतेनी आमाको अपमान सहन नसकेर राजकुमार ध्रुवले तपस्या गरेका स्थान मानिने ध्रुवकुण्ड हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र हो ।

    हिन्दू धर्मावलम्बीको पवित्रस्थल ध्रुवकुण्डसँगै मुस्लिम परम्पराका सुफी सन्त गदालीबाबा, बहार अलीबाबा र रहमत अलीबाबाको पवित्र मजार छन् । धमौराका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता मन्सुल कवारी भन्नुहुन्छ, “हिन्दूहरू मजारस्थलमा श्रद्धा जनाउँदै आशिष माग्न आउँछन्, हामी इस्लाम धर्मावलम्बी ध्रुवकुण्डको विकासबारे चासो राख्छौँ ।” मजार र ध्रुवकुण्ड आफ्नो स्थान चिनाउने पवित्रस्थल भएको हुँदा हिन्दू र मुसलमान दुवैले मानसम्मान गर्ने कवारी बताउनुहुन्छ ।

    आज ध्रुवकुण्डको बासपछि यात्री भोलि महोत्तरीको अन्तिम विश्रामस्थल कञ्चनवन प्रस्थान गर्नेछन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.