सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वैदेशिक रोजगारीले पारेको असर र प्रभाव विषयक निबन्ध प्रतियोगितामा नारायणी नमुना माविकी छात्रा नेहा श्रेष्ठ प्रथम


  •    न्युजभित्तो/२० फाल्गुन २०८१, मंगलवार १३:५४ 
  • चितवन, २० फागुन । आप्रवासी कामदारहरुको जीवन रक्षामा वैदेशिक रोजगारीले पारेको असर र प्रभाव विषयक अन्तर विद्यालय निबन्ध प्रतियोगितामा नारायणी नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । भरतपुर महानगरपालिका सुरक्षित आप्रवासन (सामी)ले आयोजना गरेको कार्यक्रममा नौ वटा विद्यालयबीच भएको प्रतियोगितामा नारायणी नमुना माध्यमिक विद्यालयकी छात्रा नेहा श्रेष्ठ प्रथम भएकी हुन् ।

    यस्तैै द्धितीय बाल्मिकी शिक्षा सदनकी छात्रा सरस्वती रिजाल, अरुणयोदय माध्यमिक विद्यालयकी छात्रा छोङसाङ डोल्मा थिंङ र सान्तोना हिमालयन डण्डपाणी न्यौपाने माध्यमिक विद्यालयकी छात्रा सम्झना खवास र स्टेप बाई स्टेप स्कुलका छात्र विबेक आचार्य भएका छन् । उनीहरुले प्रथम द्धितीय, तृतीय र सान्तोना क्रमशः चार हजार, तीन हजार, दुई हजार र एक र एक हजार रुपैयाँ प्राप्त गरेका छन् । अन्तर विद्यालय निबन्ध प्रतियोगिता डिसेम्बर १८ मा भएको थियो । त्यसको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण आज भरतपुरमा एक कार्यक्रमका बिच गरिएको थियो ।

    पुरस्कार वितरण गर्दै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वैदेशिक रोजगारीका लागि युवाहरुको आक्रर्षण बढिरहेको समयमा यस्ता कार्यक्रमले सुरक्षित आप्रवासनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले समय सान्दर्भिक विषय भएकाले वैदेशिक रोजगारी सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने धारणा समेत राख्नुभयो । यस कार्यक्रमले वैदेशिक रोजगारीका सवाललाई विद्यालय स्तरमा लैजानका लागि महत्वपूर्ण भूमिका खेलेको समेत बताउनुभयो ।
    निबन्ध प्रतियोगिता १० पूर्णकको रहेको थियो । निर्णय मण्डलमा रहनुभएका हेरम्भकुमार श्रेष्ठले विषय समसामयिक रहेकाले विद्यार्थीमाझ वैदेशिक रोजगारी सम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलेको समेत बताउनुभयो । निर्णयक मण्डलमा शिक्षक ज्ञानहरी पौडेल, श्रीप्रसाद ढुंगाना रहनुभएको थियो ।

    भरतपुर महानगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमकी फोकल पर्सन तथा शाखा प्रमुख पञ्चमायाँ तामाङले कार्यक्रमको सहजिकरण गर्नुभएको सुरक्षित आप्रवासन (सामी) चितवनका जिल्ला कार्यक्रम संयोजक सुर्यप्रसाद पौडेल, विद्यालयका प्राचार्य तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.