सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौंको थापाथलीमा फुट्यो मेलम्चीको पाइप, सडक अवरूद्ध


  •    न्युजभित्तो/२० फाल्गुन २०८१, मंगलवार ११:४६ 
  • काठमाडौं, २० फागुन । काठमाडौंको थापाथली चोकनजिक मेलम्ची खानेपानीको पाइप फुटेको छ। मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुट्दा थापाथली चोकदेखि पूर्वतिरको सहायक सडक केहीबेर जलमग्न बनेको थियो। अहिले पाइप फुटेको स्थानमा पानी वितरण बन्द गरिसकेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्र लिमिटेडले जानकारी दिएको छ। सडक भने अवरूद्ध नै छ।

    ‘पाइप फुटेको जानकारी आएलगत्तै हामीले वितरण केन्द्रबाट थापाथली क्षेत्रमा पानी पठाउन बन्द गरिसकेका छौं। फुटेको कारण पत्ता लागिसकेको छैन,’ केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले जानकारी दिए। उनकाअनुसार थापाथली क्षेत्रमा फुटेको मुख्य पाइप नै हो। पाँच सय एमएमको पाइप फुटेकाले केहीबेर जलमग्न बन्न पुगेको उनको भनाइ छ।

    ‘हामीले पाइप फुटेको यकिन कारण पत्ता लगाइसकेका छैनौं। लिक भएको हो भने अलग्गै कारण हुन्छ। फुटेको हो भने तेस्रो पक्षको कारण देखिनसक्छ, पानी रोकिएपछि यकिन कारण पत्ता लगाउँछौं,’ उनले भने। यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मुख्य पाइप नै फुटेको थियो। बबरमहल क्षेत्रमा पनि पाँच सय एमएमकै पाइप फुट्दा मूल सडकमै क्षति पुगेको थियो। त्यहाँ विद्युत प्राधिकरणले तार भूमिगत गर्न प्वाल खन्ने उपकरणले पाइपमा क्षति पुर्‍याएकाले पाइप फुटेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो
    निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
    विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
    • उत्कृष्ट तीन कर्मचारीसहित आठ पुरस्कृत
    • बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
    • दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
    • फोहरबाट रोजगारी र आम्दानी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.