सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा


  •    न्युजभित्तो/१९ फाल्गुन २०८१, सोमबार १४:३२ 
  • जनकपुरधाम, १९ फागुन । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ ।

    घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि अभिप्रेरित गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । नगरप्रमुख जितनारायण यादवले नगरक्षेत्रका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

    उहाँले सुत्केरी भइसकेपछि पनि विभिन्न कारणले आमा तथा शिशुको स्वास्थ्य जोखिम हुन सक्ने र यसबाट जोगाउन एम्बुलेन्स सेवाले सहयोग पुग्ने बताउनुभयो ।

    नगरपालिकाले अन्य बिरामीलाई न्यून शुल्कमा उक्त एम्बुलेन्स सेवा उपलव्ध गराउने पनि जानकारी दिएको छ । गुणस्तरीय स्वास्थ्य सेवामा नागरिक पहुँच वृद्धि गर्न एम्बुलेन्स सेवाले सहयोग पुग्ने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.