सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान


  •    न्युजभित्तो/१८ फाल्गुन २०८१, आईतवार १६:२४ 
  • काठमाडौँ, १८ फागुन । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिने क्रममा लेखकले हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिँदै आन्दोलनरत पक्षलाई वार्तामार्फत समाधान खोज्न आह्वान गर्नुभएको हो ।

    मन्त्री लेखकले केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ, त्यसका लागि सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचचिवको संयोजकत्वमा गत माघ २० गते वार्ता टोली पनि गठन गरिएको छ, वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिरहेको छ, पटक–पटक संवाद पनि भइरहेको छ ।”

    मन्त्री लेखकले पछिल्लो समयमा वार्तामा केही अवरोध आएका कारण वार्ता समितिले आन्दोलनरत पक्षलाई वार्ताका लागि यही फागुन १२ गते पुनः आह्वान गरेको जानकारी दिनुभयो । आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । उहाँले शान्तिपूर्ण तवरबाट समस्याको समाधान गर्ने विषयलाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको प्रष्ट पार्नुभयो ।
    मन्त्री लेखकले केबलकार निर्माणका लागि वन क्षेत्रको प्रयोग गर्न दिने र त्यस क्षेत्रमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी सरकारको मन्त्रिपरिषद्बाट २०७५ साल पुस १६ गते नै निर्णय भएको जानकारी गराउनुभयो ।

    “केबलकार निर्माण गर्ने कार्य पहिलेदेखि नै सुरु भएको थियो, निर्माणाधीन आयोजनाको सुरक्षार्थ तत्कालका लागि बटन स्टेसनमा सशस्त्र प्रहरी बल नेपालको सुरक्षा व्यवस्था क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउन २०८० साल माघ २ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्रीस्तरबाट निर्णय भएको थियो”, उहाँले भन्नुभयो । सोही अनुरुप सुरक्षाको निमित्त सोही ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.