सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उत्तराखण्डः हिमपहिरोमा पुरिएका ५४ जनामध्ये ४६ जीवित र ४ मृत भेटिए


  •    न्युजभित्तो/१८ फाल्गुन २०८१, आईतवार १२:४१ 
  • भारत, १८ फागुन । भारतीय राज्य उत्तराखण्डको चमोलीमा फेब्रुअरी २८ मा गएको हिमपहिरोमा फसेका ५४ मध्ये ४६ जनाको उद्धार गरिएको छ भने ४ जनाको मृत्यु भएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि हिमपहिरोमा बेपत्ता कामदारको संख्या ५५ ​​भनिएको थियो। तर शुक्रबार हिमाचल कांगडा निवासी सुनील कुमार कसैलाई जानकारी नदिई शिविरबाट आफ्नो गाउँ फर्किसकेको जानकारी परिवारले दिएपछि हिमपहिरोमा पर्नेको संख्या ५४ मात्र भएको हो। अब अझै ४ जना फेला पर्न बाँकी छ। त्यसैले तेस्रो दिन आइतबार पनि उद्धार जारी छ।

    बेपत्ताहरूको खोजीमा ड्रोन तथा ६ वटा हेलिकप्टर पनि प्रयोग गरिएका छन्। घटनास्थलमा हिउँ खनेर बेपत्ता ४ कामदारको खोजी जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गत फेब्रुअरी २८ बिहान ७ः१५ बजे चमोलीको माना गाउँमा भीषण हिमपहिरो गएको थियो। जसले मोली-बद्रीनाथ राजमार्गमा रहेको कन्टेनर हाउसमा बसिरहेका सीमा सडक संगठन ९बीआरओ०का कामदारलाई पुरेको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.