भरतपुर, १८ फागुन । सहिद शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठानद्वारा आयोजित इन्टर कलेज फुटसल प्रतियोगितामा होली भिजन कलेज प्रथम भएको छ । फागुन १६ गतेदेखि अङ्कुरम कलेजमा सञ्चालन भएको फुटसल प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलमा होली भिजन कलेजले अर्किड कलेजलाई २ का विरुद्ध ४ गोलले पराजित गरी प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।
२७ टिमको सहभागिता रहेको प्रतियोगितामा अर्किड कलेजले दोस्रो स्थान प्राप्त गरेको थियो । प्रतियोगितामा प्रथम हुने समूहले ट्रफी र मेडलसहित ५० हजार ५ सय ५५ र द्वितीय हुने समूहले २५ हजार ५ सय ५५ प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी होली भिजन कलेजका गौरव लामा र सर्वोत्कृष्ट गोल रक्षक होली भिजन कलेजकै वसन्त खत्री घोषित भएका थिए ।प्रतियोगिताको समापन समारोहमा सहिद शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठानकी अध्यक्ष बिनु रायमाझी लगायतले विजयी टिमलाई पुरस्कार, मेडल तथा ट्रफी प्रदान गर्नुभएकोमा थियो ।