सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशका यी आठ स्थानको वायु सबैभन्दा बढी प्रदूषित


  •    न्युजभित्तो/१६ फाल्गुन २०८१, शुक्रबार १२:२१ 
  • काठमाडौँ, १६ फागुन । काठमाडौँ उपत्यकाका लगायत देशका आठ स्थानका वायु सबैभन्दा बढी प्रदूषित भएको छ । वातावरण विभागको शुक्रवार अपरान्ह ११ः ५५ बजेको रेकर्डअनुसार काठमाडौँ उपत्यकाका चार सहित देशका चार स्थानको वायु अस्वस्थ कर पुष्टि भएको हो ।

    विभागको रिपार्ट अनुसार उपत्यकाका शंखपार्क, खुमलटार, भैँसेपाटी, भक्तपुरसहित काभ्रेको धुलिखेल, चितवनको भरतपुर, मकवानपुरको हेटौँडा र इलामको वायु अस्वस्थकरको सूचीमा छ । यी स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ११३ देखि १९८ पुगेको छ ।

    उपत्यकाको शंखपार्कको एक्यूआई १९०, खुमलटारको एक्यूआई १८६, भैँसेपाटीको एक्यूआई १९८ र भक्तपुरको एक्यूआई १७५ रहेको छ । यस्तै काभ्रेको धुलिखेल एक्यूआई १५३, चितवनको भरतपुर एक्यूआई १७६, मकवानपुरको हेटौँडा एक्यूआई ११३ र इलामको एक्यूआई १२६ रहेको विभागको तथ्याङ्क छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० ‘अस्वस्थकर’ हुन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्यो भन्दामाथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
    ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ
    चौधौँ वर्षमा वाग्मती सफाइ महाअभियान
    • प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग
    • प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    • खानीडाँडा–थामर्खक सडकमा कालोपत्र सुरु
    • कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.