सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित कृषक


  •    न्युजभित्तो/१६ फाल्गुन २०८१, शुक्रबार ११:०५ 
  • हेटौँडा (मकवानपुर), १६ फागुन । चालु आर्थिक वर्षको छ महिनाम वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार ६२८ रहेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही कम हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा दुई लाख ६ हजार ३९० जनाले अन्तिम श्रम स्वीकृति र एक लाख ३३ हजार ९४० ले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

    वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को लामो छ । वार्षिक आँकडा केलाउँदै जाने हो भने कुनै वर्ष केही हजारको सङ्ख्यामा तलमाथि भए पनि रोजगारीका लागि पलायन हुनेको सङ्ख्यामा खासै कमी आएको छैन । यद्यपी स्वदेशमै केही गरेर आर्थिकस्तर सुधार्न सकिन्छ भन्ने विश्वास पनि जाग्न थालेको छ । स्वदेशमै श्रम गरे, राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखिन थालेका छन् । हो, विदेशमा काम गरेर पैसा पठाउने नेपालीको ठूलो सङ्ख्यामा सामेल हुने सुरमा रहेका मकवानपुरका कृष्णबहादुर एक उदाहरण बन्नुभएको छ ।

    वैदेशिक रोजगारीमा जान निस्केका थाहा नगरपालिका–५ खोलाघारीका कृष्णबहादुर मोक्तान अहिले लखपति किसान हुनुभएको छ । उहाँले ट्राउट माछापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । माछापालनसँगै किबी र तरकारीखेतीमा व्यस्त भएर उहाँले वार्षिक लाखौँ आम्दानी गरिरहनुभएको छ ।

    विसं २०७७ देखि रू ६० लाख लगानीमा दुई रोपनी क्षेत्रफलमा ट्राउट माछापालनका लागि नौ खण्डको पोखरी निर्माण ९रेसवे० गरेर उहाँले व्यावसायिक माछापालन सुरू गर्नुभएको थियो । युनिक कृषि फार्म दर्ता गरेर उहाँले पाँच हजार रेन्बो ट्राउट र स्थानीयस्तरमा पाइने सात हजार असला माछापालन गर्नुभएको छ ।

    कुनै समय काठमाडौँमा रहेर सवारी चालकका रूपमा काम गर्ने मोक्तान वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा हुनुहुन्थ्यो । मेडिकल गर्ने क्रममा उहाँमा जन्डिस देखिएपछि असफल हुनुभयो । त्यसपछि रोजगारीका लागि विदेशिने मनसाथ बदलेर उहाँ आफ्नै गाउँमा केही गर्ने हेतुले घर फर्कनुभयो । “काठमाडौँमा सवारी चलाउँथेँ, नुवाकोटका एकजना दाइ र म सँगै काम गर्थ्यौ, उहाँकै सल्लाहमा आफ्नै गाउँ फर्केर कृषि कर्ममा लागेँ । काभ्रेमा माछापालनका लागि प्राविधिक ज्ञान लिएँ”, मोक्तानले भन्नुभयो ।

    विसं २०७४ को स्थानीय तहको चुनावमा वडा सदस्य जितेका मोक्तान पुनः वडा सदस्यमा चुनिनु भएको छ । हाल उहाँ कार्यवाहक वडाध्यक्ष हुनुहुन्छ । वडाको जिम्मेवारीसँगै उहाँले कृषि कर्मलाई अगाडि बढाउनुभएको छ ।

    यहाँको कर्मभूमि सामुदायिक वनबाट निस्केको मूलको पानी काठमाडौँको गोदावरीमा जाँच गर्दा ट्राउट माछापालनका लागि उपयुक्त भएकाले माछापालन सुरू गरिएको मोक्तानको भनाइ छ । आफैँसँग भएको केही रकम र सहकारीबाट ऋण गरेर ट्राउट माछापालन सुरू गर्नुभएका उहाँले रू एक हजार पाँच सय प्रतिकेजीका दरले यहाँको माछा बिक्री गर्दै आउनुभएको छ ।

    वार्षिक एक हजार सात सय किलो माछा उत्पादन गरी बिक्री गर्दै आउनुभएका मोक्तानले रू २५ लाख बराबरको कारोबार गर्दै आएको बताउनुभयो । सबै खर्च कटाएर वार्षिक १२ लाख बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ ।

    यहाँ उत्पादन भएको माछा हेटौँडा, काठमाडौँ र स्थानीयस्तर दामन, पालुङ र सिमभन्ज्याङमा खपत हुने गरेको छ । “बजारको समस्या छैन, उत्पादन गर्न सके बिक्री हुन्छ, प्रायः फार्ममै माछा लिन आउनुहुन्छ, माग भए बजार पनि पठाउँछौँ”, मोक्तानले भन्नुभयो । उहाँले सञ्चालन गरेको ट्राउट माछापालन र किबीखेतीको काममा तीन जनाले रोजगारी पाउनुभएको छ ।

    किसान मोक्तानले माछापोखरीबाट बगेको पानीलाई घट्ट चलाउन पनि प्रयोग गर्नुभएको छ । भविष्यमा रिसोर्ट बनाएर स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ काम गरिरहनुभएका उहाँले स्थानीयस्टरमै उत्पादन भएको मकै, कोदो, फापर, माछा, सिस्नु र खोले सागको परिकार खुवाउने योजनाका साथ काम गर्नुभएको हो ।

    यस्तै, उहाँले बाँझो र खेर गइरहेको आठ रोपनी जग्गामा हेवाड जातको किबी फल रोप्नुभएको छभने तरकारीखेतीका लागि एक सय मिटरको पाँचवटा टनेल पनि निर्माण गर्नुभएको छ । त्यस्तै २० रोपनी जग्गामा काउली, बन्दा, गाँजर मुला, आलुलगायत तरकारीखेती गर्दै वार्षिक रू ७ लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।

    पछिल्लो समय मोक्तानले दामनमा रहेको बागवानीबाट एक सय २० बोट किबीको बिरूवा ल्याएर रोप्नु भएको छ । गत वर्ष ३० किलो बढी किबी बिक्री गर्नुभएकामा आगामी वर्षबाट पूर्ण रूपमा उत्पादन लिन सक्ने उहाँको विश्वास छ । उहाँ जस्तै मकवानपुरका उत्तरी क्षेत्रका किसान रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित भएका छन् । यहाँका किसानले आर्थिक उपार्जनका लागि माछापालनसँगै नगदेबाली लगाएर मनग्य आम्दानी गर्दै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.