सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समयमै मर्मत नगर्दा वायु सेवा निगमका ६ मध्ये ५ जहाज ग्राउन्डेड


  •    न्युजभित्तो/१६ फाल्गुन २०८१, शुक्रबार १०:२८ 
  • काठमाडौं, १६ फागुन । समयमै मर्मत नगर्दा नेपाल वायु सेवा निगमका छ वटा जहाजमध्ये पाँच वटा जहाज भूमिस्थ (ग्राउन्डेड) भएका छन्।

    निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई वटा वाइडबडी तथा दुई वटा न्यारोबडी जहाज छन्। व्यवस्थापकीय कमजोरीका कारण समयमै जहाजको मर्मतसम्भार हुन नसक्दा आन्तरिकतर्फको एक ट्विअटर जहाज गत जेठदेखि ग्राउन्डेड छ।​

    अर्को जहाजसमेत इन्जिनको उडान समय सकिएर दुई महिनादेखि ग्राउन्डेड भएपछि आन्तरिकतर्फका २० वटा गन्तव्यको उडान ठप्प बनेको छ। जहाज अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको निगमले अन्तर्राष्ट्रियतर्फ उडानमा रहेका तीन जहाजसमेत समयमै मर्मतसम्भार गर्न नसक्दा एकै समयमा तीन वटा जहाज ग्राउन्डेड भएका हुन्। उडान अस्तव्यस्त बन्दा टिकट खरिद गरेका यात्रुले सास्ती भोग्दै आएका छन्।

    निगमका प्रवक्ता रमेश पौडेलले भने आन्तरिक उडानमा रहेका दुई वटै चिनियाँ जहाज पुराना भएका र उक्त जहाजका पार्टपुर्जा सहज र समयमै उपलब्ध नहुँदा ग्राउन्डेड हुन पुगेको बताए। अन्तर्राष्ट्रितर्फका जहाजमध्ये एउटा जहाज विस्तृत परीक्षण (फाइभसी चेक) का क्रममा चीनमा रहेको र अर्को एक जहाज मर्मतपश्चात् तत्काल उडानमा आउने पौडेलको भनाइ छ। आन्तरिकतर्फका जहाजको पार्टपुर्जा भोलिसम्म नेपाल आइपुग्ने र आगामी मङ्गलबारदेखि नियमित उडानमा आउने उनको दाबी छ।

    पौडेलले भने, ‘अहिले नाइन एनएलजेड कलसाइन वाइडबडीले अन्तर्राष्ट्रियतर्फ नियमित उडान गरिरहेको छ भने अर्को नाइन एनएएलवाई कलसाइन जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट आइसकेकाले मर्मतपश्चात् दिल्ली उडान गर्ने छ।’

    विस्तृत परीक्षणका लागि चीनमा रहेको नाइनएन–एकेडब्लु न्यारोबडी जहाजको सम्पूर्ण मर्मतसम्भारको काम सकिएको र भन्सार क्लियरेन्स प्रव्रिmयामा रहेकाले उक्त जहाज शनिबारसम्म नेपाल आइपुग्ने उनले बताए।

    नोज ल्यान्डिङ गियरमा समस्या आएको अर्को न्यारोबडी नाइन एनएकेएक्स जहाज मर्मतका लागि दिल्ली लैजान लागेको उनको भनाइ छ। हाल निगमले अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ २० वटा गन्तव्यमा उडान गर्दै आएको छ। आन्तरिकतर्फका दुई वटै ट्विअटर जहाज ग्राउन्डेड हुँदा ताप्लेजुङ, भोजपुर, फाप्लु, खानीडाँडा, थामखर्क, सुर्खेत, हुम्ला, जुम्ला, डोल्पा, मुगु, बाजुरा, रुम्जाटर, गुल्मीलगायतका गन्तव्यमा महिनौँदेखि उडान ठप्प छ।

    त्यस्तै गरी अन्तर्राष्ट्रितर्फको उडान तालिका भद्रगोल हुँदा निगमले केही यात्रु होटेलमा राखेको छ भने केही यात्रुलाई अर्को जहाजमार्फत सम्बन्धित गन्तव्यमा पठाएर आर्थिक भार बेहोर्दै आएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.