सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना


  •    न्युजभित्तो/१५ फाल्गुन २०८१, बिहीबार १२:२३ 
  • गोलबजार (सिरहा), १५ फागुन । सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।

    नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्घाटन गर्नुभयो ।

    “हुलाकी राजमार्ग आसपासका बासिन्दाले समयमा सर्पदंशको उपचार नपाउँदा बर्सेनि अकालमा ज्यान गुमाउनु परेको थियो । स्थानीयको सहज उपचार पहुँच विस्तार गर्ने योजना अनुसार सर्पदंश उपचार केन्द्र स्थापना गरेका हौँ”, नवराजपुरका स्वास्थ्य संयोजक संजिवकुमार यादवले भन्नुभयो ।

    उहाँका अनुसार नेपाली सेनाको प्राविधिक सहयोगमा तालिम प्राप्त चिकित्सक जितेन्द्र यादवको टिमले उपचार गर्ने र केन्द्र अन्य व्यवस्थापन गाउँपालिकाले गर्नेछ । उक्त केन्द्र सञ्चालनका लागि रु १५ लाख स्रोत व्यवस्थापन गरिएको भन्दै आवश्यकताअनुसार थप्दै जाने गाउँपालिकाले जनाएको छ ।

    केन्द्र स्थापना भएसँगै सर्पले डसेमा उपचारका लागि चोहर्वा वा लाहन जानुपर्ने बाध्यता अन्त्य हुने गाउँपालिकाका अध्यक्ष यादवले बताउनुभयो । उहाँका अनुसार उपचारका लागि आवश्यक पर्ने ‘स्नेक एन्टी भेनम’ तथा अन्य सामग्री व्यवस्थापन गरी केन्द्र सञ्चालनमा आएकाले उपचारमा स्रोत अभाव नहुने विश्वास व्यक्त गर्नुभयो ।

    केन्द्र सञ्चालनमा आएसँगै नवराजपुर गाउँपालिकाका साथै जिल्लाका भगवानपुर, बरियारपट्टी र औरही गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । सर्पदंश उपचार केन्द्र स्थापनाका लागि स्थानीय रामऔतार यादवले जग्गा दान गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.