सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग


  •    न्युजभित्तो/१३ फाल्गुन २०८१, मंगलवार १६:५३ 
  • काठमाडौँ, १३ फागुन । महाशिवरात्रि पर्वको बेला पशुपतिनाथलगायत देशभरका मन्दिर क्षेत्रमा सडक तथा पैदलयात्रीको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सांसदहरुले माग गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सडक सुरक्षा चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले शिवरात्रिको समयमा पशुपतिनाथ दर्शनका लागि अघिल्लो वर्षभन्दा धेरै दर्शनार्थी आउने आङ्कलन गरिएकाले सुरक्षा व्यवस्थामा विशेष ध्यान पु¥याउन आग्रह गर्नुभयो । उहाँले काठमाडौँ उपत्यका जोड्ने सडक सञ्जाल बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै सक्दो चाँडो ती सडक मर्मतसम्भार गर्न आग्रह गर्नुभयो । सांसद चौधरीले नेपाल वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को खैरो सूचीमा परेकाले यसबाट चाँडै बाहिर निस्कने कार्ययोजना बनाउन पनि आग्रह गर्नुभयो ।

    बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले कैलालीमा रहेको घोडाघोडी ताल र मन्दिर संरक्षणका लागि पहल गर्न संसद्मार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । जैविक विविधताका दृष्टिले समेत यो ताल महत्वपूर्ण रहेकाले संरक्षणका लागि बजेट व्यवस्थापन गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहकारी क्षेत्रको नियमनमा चुक्दा नेपाल एफटिएफको खैरो सूचीमा परेको बताउनुभयो । त्यस्तै, वैदेशिक व्यापार घाटा बढेको, सार्वजनिक ऋण रु २६ खर्ब नाघेकोलगायत विषय पनि उहाँले संसद्मा उठाउनुभयो । विद्यालय र विश्वविद्यालय शिक्षालाई निःशुल्क गरिनुपर्ने सांसद सुवालले सुझाव दिनुभयो । काठमाडौँ उपत्यकाको प्रदूषण बढेकाले मुटु, श्वासप्रश्वास तथा छालासम्बन्धी रोगको जोखिम बढेको उहाँको भनाइ थियो ।

    सांसद जावेदा खातुन जागाले विद्यार्थी प्रकृति लम्सालको मृत्युका बारेमा वास्तविकता पत्ता लगाउन तथा उनी अध्ययनरत कलेजका विद्यार्थीको सुरक्षाको माग गर्नुभयो । यस विषयमा परराष्ट्र मन्त्रालयमार्फत पहल गरिनुपर्ने उहाँको भनाइ थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.