सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘अपराध अनुसन्धान, अभियोजन गर्ने कुरामा सम्बन्धित क्षेत्र संवेदनशील हुनुपर्दछ’


  •    न्युजभित्तो/१३ फाल्गुन २०८१, मंगलवार ११:५९ 
  • कर्णाली, १३ फागुन । सर्वोच्च अदालतका न्यायाधीश तथा केन्द्रीय न्याय क्षेत्र समन्वय समितिका सदस्य शारङ्गा सुवेदीले नागरिकलाई न्यायको अनुभूति दिलाउने गरी काम गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । सर्वोच्च अदालतद्वारा मङ्गलबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘उच्च अदालत सुर्खेतमा सञ्चालित जिल्ला तथा उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको काम कारबाहीको प्रभावकारितामाः केन्द्रीय न्याय क्षेत्र समन्वय समितिको भूमिका’ विषयक एक दिवसीय अन्तक्र्रिया कार्यक्रममा उहाँले न्याय ढिलो दिनु भनेको न्याय नदिनुजस्तै भएको बताउनुभयो । राज्यका सेवा प्रदायक निकायहरु एक अर्काको काम गर्ने तवर तरिकाले नागरिकहरुमा कस्तो प्रभाव परेको छ भन्नेबारे छलफल गर्ने उद्देश्यले अन्तक्र्रिया कार्यक्रम गरेको उहाँको भनाइ थियो ।

    न्यायाधीश सुवेदीले भन्नुभयो, “गलत हामी सबैका छन् । न्याय क्षेत्र समन्वय समितिमा बसेर त्यहाँ भएका कमीकमजोरीको सूक्ष्म अध्ययन गरौँ र सुधार कसरी गर्न सकिन्छ त्यो पनि हेरौँ अनि समस्याको समाधान निस्किहाल्छ नि । अपराध अनुसन्धान, अभियोजन गर्ने कुरामा सम्बन्धित क्षेत्र संवेदनशील हुनुपर्दछ ।”

    अन्त्यमा फैसला गर्ने काम अदालतको भए पनि त्यसको अनुसन्धान, अभियोजन गर्ने निकायले सत्यतथ्यमा आधारित भएर प्रमाण जुटाउनुपर्ने भन्दै न्यायाधीश सुवेदीले राज्यका प्रतिनिधिले मान्छेलाई थुनामा राख्दा त्यसको औचित्यता प्रष्ट गर्नुपर्ने बताउनुभयो । आरोप लाग्ने बित्तिकै आत्मसम्मान गुम्ने र उनीहरुको अधिकारको ख्याल नगर्ने गरी काम गर्न नहुनेमा उहाँको जोड थियो ।

    उच्च अदालत न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष तथा उच्च अदालत सुर्खेतका कायममुकायम न्यायाधीश कृष्णलाल भट्टराईले फौजदारी अपराधसँग सम्बन्धित घटनामा निष्पक्ष अनुसन्धान हुनपर्ने बताउनुभयो । सर्वसाधारणलाई न्यायमा पहुँच हुने गरी राज्यले काम गर्नुपर्ने भन्दै उहाँले लगत फछ्र्योट समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । न्याय सम्पादनमा भने न्यायिक निकायले नागरिकमैत्री भूमिका निर्वाह गर्नुपर्नेमा उहाँको सुझाव थियो ।

    जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालले न्यायिक कार्य सम्पादन गर्नेहरुले निर्णय मात्र नदिई न्याय दिने काम गर्न आग्रह गर्नुभयो । फैसला कार्यान्वयन अदालतको काम मात्र नभई राज्यका तोकिएका संयन्त्रहरुले प्रभावकारी रुपमा गर्नुपर्ने जुनाउनुभयो । आफूहरु भने न्यायिक श्रीवृद्धिका लागि अगाडि बढेको न्यायाधीश ढकालको भनाइ थियो ।

    वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ढिलो न्यायले नागरिक मात्र नभई सरकार पनि अन्याय पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले न्यायिक निरुपण समयमै हुन सकेमात्र नागरिकलाई न्यायको अनुभूति हुने बताउनुभयो । उक्त कार्यक्रममा मालपोत तथा नापी कार्यालयका प्रमुख, सरकारी वकिल, अधिवक्तालगायतका कानुन व्यवसायीको सहभागिता रहेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.