सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोजपुरको विकट ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना


  •    न्युजभित्तो/१३ फाल्गुन २०८१, मंगलवार ११:४२ 
  • भोजपुर, १३ फागुन । भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले यहाँ सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो । स्वास्थ्य एकाइ स्थापनाले यहाँका करिब तीन सय घरपरिवार लाभान्वित बनेका छन् ।

    लुङ्थुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । स्थानीयवासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरिएको वडाध्यक्ष विष्टले बताउनुभयो ।

    “लुङ्थुङ भौगोलिक रुपमा विकट र निकै ठूलो भूगोल छ”, वडाध्यक्ष विष्टले भन्नुभयो, “यहाँ स्वास्थ्य संस्था नहुँदा सामन्य स्वास्थ्य सेवा लिन पनि घण्टौँ हिँड्नुपर्ने अवस्था थियो । नागरिकले भोगेको सास्तीलाई ध्यानमा राखेर स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह गरेका हौँ ।”

    गाउँ नै स्वास्थ्य एकाइ स्थापना भएपछि स्थानीय खुसी भएका छन् । सामान्य प्राथमिक स्वास्थ्य उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकोमा स्वास्थ्य एकाई स्थापनाले सहजता भएको स्थानीयवासी तीर्थाकुमारी राईले बताउनुभयो ।

    “गाउँ नै स्वास्थ्य एकाइ स्थापनाले सहजता थपिएको छ”, उहाँले भन्नुभयो, “हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । यहाँ नै सेवा लिन पाउँदा खुसी लागेको छ । बीच गाउँमा नै स्वास्थ्य संस्था स्थापना भएपछि सेवा लिन सहज छ ।”

    स्वास्थ्य एकाई स्थापनाले बिरामी हुँदा सिटामोल तथा जीवनजल लिनको लागि घण्टाँै धाउनुपर्ने अवस्थाको अन्त्य भएको स्थानीयबासी मानबहादुर राईले बताउनुभयो । स्वास्थ्य एकाइ स्थापनाले वर्र्षौंदेखि स्थानीयले भोग्दै आएको समस्याको अन्त्य भएको उहाँको भनाइ छ ।

    “नजिकमा स्वास्थ्य संस्था नहुँदा लामो समयदेखि समस्या भोग्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा नै स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । अब सामान्य बिरामी हुँदा घण्टौँ लगाएर अन्यत्र जानुपर्ने समस्या हटेको छ ।”

    नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न योजनाबद्ध रुपमा काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएर नागरिकलाई सेवा प्रवाह थालिएको अध्यक्ष राईको भनाइ छ । । खैराङका साविकका वडा २, ३, ४, ५ र ६ का स्थानीयलाई लक्षित गरेर लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइमार्फत सेवा प्रवाह थालिउको अध्यक्ष राईले बताउनुभयो । यहाँको सामुदायिक भवनबाट स्वास्थ्य सेवा प्रवाह थालिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

    “गाउँपालिकाले नागरिकलाई दिने सेवालाई सहज र सरल बनाउने अभियान जुटेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “भौगोलिक विकटताका कारण नागरिकलाई सेवा लिन समस्या छ । त्यस्ता ठाउँमा पनि सहज सेवा पु¥याउने काम गरिरहेका छौँ ।”

    गाउँपािलकाले स्वास्थ्य, शिक्षासँगै यहाँको सडक, विद्युत्, पूर्वाधारलगायतको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको उहाँको भनाइ छ । निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार यहाँ स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालन ल्याइएको अध्यक्ष राईको भनाइ छ ।

    हतुवागढी गाउँपालिकामा एक वटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा स्वास्थ्यचौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र र दुई वटा सामुदायिक स्वास्थ्य एकाइमार्फत सेवा प्रवाह भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
    राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
    पर्यटकका आर्कषणमा ऐना पहरा
    • बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
    • धापखर्कका १३ घरमा पानीको अभाव
    • सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
    • नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.