सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली विद्यार्थीलाई धम्क्याउनेके आईआईटी कलेजले माफी माग्यो


  •    न्युजभित्तो/६ फाल्गुन २०८१, मंगलवार १५:५१ 
  • काठमाडौं, ६ फागुन । भारतको ओडिसा राज्यस्थित किट युनिभर्सिटीकी होस्टेल स्टाफले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक माफी मागेकी छन् । नेपालकी छात्रा प्रकृति लम्सालको मृत्यूपछि शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई उनले हप्कीदप्की गरेकी थिइन् । एक भिडिओ सन्देश जारी गर्दै उनले क्षमायाचना गरेकी हुन् ।

    उनले भनेकी छन्, ‘यो भिडिओ म गत १६ फेब्रुअरीको रात भएको घटनामा मैले बोलेका कुराहरूप्रति क्षमायाचना गर्न बनाइरहेकी छु । त्यसबेला मैले दिएको अभिव्यक्ति मेरो व्यक्तिगत थिए । यसमा किट युनिभर्सिटीका कुनै पनि अधिकारीको संलग्नता छैन । मेरो अभिव्यक्तिले मेरा नेपाली विद्यार्थी र नेपाली जनताको भावनामा चोट लाग्न गएकोमा म गम्भीर क्षमायाचना गर्छु ।’

    यी कर्मचारीले नेपाली विद्यार्थीहरुलाई थर्काउँदै तुरुन्तै आफ्नो सामान प्याक गरेर घर फर्किन चेतावनी दिएकी थिइन् । उनीसहित दुई महिलाहरुले थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपालीहरूले मात्र नभएर भारतीयले पनि उनको यस्तो हर्कतको आलोचना गरेका छन् ।

    कलेजले आज एक सूचना जारी गर्दै उनीसहित ५ जना कर्मचारीलाई कारवाही गरिएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.